Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 2.82/5.00)
Text size:-
+
-

‘गोपी’ : हलमा फ्लप, यूट्युबमा हिट

फिल्मीखबर, काठमाडौं, 2019/12/29
नेपालमा इन्टरनेटको पहुँच बढेसँगै अहिले हलमा महँगो टिकट काटेर नेपाली फिल्म हेर्ने दर्शकको संख्यामा कमी आउँदै गएको छ । हलमा रिलिज भएको ३ महिनादेखि ६ महिनाभित्र यूट्युबमै फिल्म रिलिज हुने हुँँदा दर्शक हलमा गएर २ घण्टा विताउन झर्को मान्छन् । हलमा भन्दा यूट्युबमा फिल्मको प्रतिक्षा गर्ने दर्शकको संख्या बढ्दा त्यसले हलको व्यापारमा ठूलो असर गरेको छ । 
 
 
करीब डेढ दशक अगाडिसम्म हलमा प्रदर्शन हुने हरेक फिल्म सुपरहिट सावित हुन्थे । किनकि, त्यसबेला नेपालमा इन्टरनेटको पहुँच खासै थिएन । तर, अहिले मोबाइलमा यूट्युब खोलेर घन्टौं नविताउने नेपाली भेट्न मुश्किल छ । हलमा महँगो टिकट काटेर हेर्नुपर्ने फिल्म केही महिनामै यूट्युबमा सित्तैमा हेर्न पाइने भएपछि दर्शक हलमा किन जान्छन् ? यो अहिलेको गम्भीर प्रश्न हो । 
 
हलमा रिलिज भएको महिना दिनमै यूट्युबमा फिल्म रिलिज गर्न नछाड्ने हो भने नेपाली फिल्मको व्यापार झन् दयनिय हुने निश्चित छ । डिजिटल राइट्सको रकमबाट निर्मातालाई केही राहत मिले पनि त्यसले नेपाली फिल्मको व्यापारमा भने दीर्घकालिन असर पुग्ने देखिन्छ । हलको व्यापार बढाउन सबैभन्दा पहिला छोटो समयमै यूट्युबमा फिल्म रिलिज गर्ने प्रवृति रोक्न आवश्यक छ । 
 
हलमा पानी पनि भन्न नपाएका फिल्मले यूट्युबमा रिलिज भएको केही घण्टामै लाखौं भ्यूज कमाउनुले यूट्युबमा नेपाली फिल्मको प्रतिक्षामा गर्ने दर्शकको संख्या कति छ भन्ने प्रस्ट्याउँछ । उदाहरणको रुपमा गएको एक हप्ता अगाडि यूट्युब रिलिज भएको फिल्म ‘गोपी’ लाई लिन सकिन्छ । गत वर्षको सबैभन्दा ठूलो डिजास्टर फिल्म हो यो । फिल्मले पोस्टरको पनि पैसा उठाएन । 
 
तर, अहिले यो फिल्म यूट्युबमा हिट छ । यूट्युब रिलिजको एक हप्तामा फिल्म हेर्नेको संख्या १८ लाखभन्दा बढी पुगिसकेको छ । २५ हजार लाइक्स मिलेको फिल्मलाई १८ सयभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्टमा अधिकांशले फिल्मको कथावस्तुको तारिफ गरेका छन् । यूट्युब ट्रेन्डिङको पहिलो स्थानबाट झरेर अहिले चौथो नम्बरमा रहेको फिल्मलाई दर्शकले निकै रुचाएका छन् । 
 
हलमा घँडा टेकेको ‘गोपी’ यूट्युबमा हिट हुँदा न निर्माता हर्षित हुन सकेका छन् न त दुःखी नै । खुसी हौं, करोडौं लगानी बालुवामा पानीझैँ भएको छ । दुःखी हौं, यूट्युबमा फिल्मले लोभलाग्दोे भ्यूज र वाहवाही बटुलेको छ । ‘गोपी’ निर्माताको मात्र होइन, अहिले धेरै निर्माताको हालत यस्तै छ । हलबाट पोस्टरको पनि पैसा नउठाएको फिल्मले यूट्युबमा भने लाखौं भ्यूज बटुलिरहेका छन् । 
 
पूरा फिल्म हेर्नुहोस् :-

Most Visited News (monthly)