Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धिरजलाई दर्शकले विर्सिने त होइनन् ?

फिल्मीखबर, काठमाडौं, 2020/01/03
 
‘इन्टु मिन्टु लण्डनमा’ बाट डेब्यू गरेका अभिनेता धिरज मगरको फिल्ममा प्रवेश गर्नुभन्दा अगाडि नै राम्रो क्रेज थियो । यूट्युब भ्लगबाट राम्रो फ्यान कमाएका उनलाई फिल्ममा पनि दर्शकले निकै रुचाए । डेब्यू फिल्ममा उनको अभिनयको निकै प्रशंसा भएको थियो । कतिपयले अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी थ्रेट हुनसक्ने समेत विश्लेषण गरेका थिए । 
 
यो फिल्म रिलिजको ६ दिनमा उनलाई ६ फिल्मबाट अफर आएको निर्माता प्रज्वल शम्सेर जबराले बताएका थिए । तर, उनले ‘इन्टु मिन्टु लण्डनमा’ सहित तीन फिल्मको सम्झौता गरिसकेका कारण धिरजले नयाँ फिल्म गर्न सकेनन् । उनी पुनः निर्देशक रेनशा वान्तवा राईको एक्सन-कटमा फिल्म ‘आई एम ट्वान्टिवान’ गर्दैछन् । फिल्ममा उनको जोडी जसिता गुरुङसँग बाँधिएको छ । 
 
तर, यो फिल्मको घोषणा भएको झण्डै डेढ वर्षभन्दा बढी भैसकेको छ । ‘इन्टु मिन्टु...’ को सक्सेस पार्टीमा फिल्मको घोषणा गरिएको थियो । आउँदो वर्षको दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको यो फिल्मको फागुनबाट छायांकन सुरु हुने जानकारी प्राप्त छ । धिरज र जसिता यही फिल्मका लागि गएको केही महिनायता वर्कसपमा व्यस्त छन् । उनीहरु पूर्व प्रेम-प्रेमिका समेत हुन् । 
 
निर्देशक रेनशा र निर्माता जबराले सिन्डिकेट लागू गर्दा बाहिरी ब्यानरको फिल्म गर्न नसकेका धिरजलाई पर्दामा प्रतिक्षा गरेर बस्ने दर्शक समेत निराश भैसकेको अवस्था छ । एउटै फिल्मका लागि २ वर्ष समय दिँदा उनलाई दर्शकले विर्सन थालिसकेको कतिपयको विश्लेषण छ । केही वर्ष फिल्ममा नदेखिँदा करिअर चौपट भएका यहाँ थुप्रै कलाकारहरु छन् । कामना गरौं, धिरजको हकमा यस्तो हुने छैन । 
Most Visited News (monthly)