Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.67/5.00)
Text size:-
+
-

‘साङ्लो’ ट्रेलरमा विराजको धमाकेदार एक्सन (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/01/03
एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘साङ्लो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता विराजको एक्सनलाई प्राथमिकता दिइएको छ । ट्रेलर कमर्शियल बनेको छ । 
 
 
किड्नी तस्करीको कथा बोकेको फिल्ममा अभिनेता विराजले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । ट्रेलरमा निकिता र विराजको लभ केमेस्ट्री पनि देख्न सकिन्छ । ट्रेलर हेर्दा अभिनेता विराजले ‘साङ्लो’ बाट नेपाली फिल्ममा धमाकेदार कमब्याक गर्नसक्ने देखिन्छ । माघ २४ मा रिलिज हुने फिल्ममा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् । 
 
‘चरीले काफल’ बोलको गीत सार्वजनिक भएपछि चर्चामा रहेको यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । पूर्व मिस नेपाल निकिताको यो डेब्यू फिल्म हो । 
 
उनले ट्रेलर रिलिज कार्यक्रममा अभिनेता विराज भट्टसँग काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको बताइन् । उनले भनिन्, ‘यो फिल्मभन्दा राम्रो डेब्यू मेरो अरु फिल्मबाट हुनै सक्दैन । विराज सरबाट मैले धेरै कुरा सिक्न पाएको छु । उहाँ मेरो लागि अभिभावक हुनुहुन्छ ।’ अभिनेता भट्टले राम्रो फिल्म बनाउने प्रयास गरेको बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरे । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)