Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि आयुष्मान र भूमिको जोडी पर्दामा

एजेन्सी, मुम्बई, 2020/01/04
 
लगातार ६ सुपरहिट फिल्म दिइसकेकी बलिउड स्टार भूमि पेडणेकर अहिले हरेक फिल्मबाट दर्शकको मन जितिरहेकी छन् । पहिलो फिल्मदेखि अहिलेसम्म उनको र आयुष्मान खुरानाको जोडीले बक्सअफिसमा कमाल गरेको छ । यसबीच, फेरि एकपटक नयाँ फिल्ममा यी दुईको जोडी बाँधिएको छ । फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ मा उनीहरु एकसाथ देखिन लागेका हुन् ।
 
‘शुभ मंगल सावधान’ मा धमाकेदार परफर्मेन्सपछि भूमि फिल्मको दोस्रो भागमा पनि सामेल भएर फ्रेन्चाइजीसँग आफ्नो साझेदारी जारी राख्दैछिन् । फिल्मको दोस्रो भागमा उनी एक विशेष रुपमा देखिने बताइएको छ, जुन पछिल्लो फिल्मको तुलनामा निकै अलग हुनेछ । ‘शुभ मंगल ज्यादा सावधान’ मा अनुबन्ध भएपछि भूमिले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएकी छन् । 
 
भूमिको फिल्ममा लिनुको कारण खुलाउँदै निर्माता आनन्द एल. रायले भने, ‘भूमि ‘शुभ मंगल सावधान’ परिवारको हिस्सा हुन् र उनको बिना हामी ‘शुभ मंगल ज्यादा सावधान’ बनाउने सोच्न पनि सक्दैनौं । फिल्ममा उनी विशेष भूमिकामा देखिँदैछिन् । फिल्ममा उनलाई दोहोर्‍याउन पाउँदा हामी निकै खुसी छौं ।’ २१ फेब्रअरीमा रिलिज हुने फिल्मलाई हितेश केवल्यले निर्देशन गर्दैछन् ।
 
आयुष्मान र भूमिको जोडी बक्सअफिसमा निकै हिट मानिन्छ । यी दुईको जोडी बाँधिएको सबै फिल्मले हिटको व्यापार गरेका छन् । उनीहरु पछिल्लो पटक फिल्म ‘बाला’ मा देखिएका थिए । यो फिल्मले बक्सअफिसमा डेढ सय करोडको व्यापार गरेको थियो । ‘बाला’ आयुष्मान खुरानाको करिअरको तेस्रो सय करोड फिल्म हो । साथै, उनको यो लगातार सातौं हिट फिल्म पनि हो । 
Most Visited News (monthly)