Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

‘कमाण्डर’ ट्रेलरमा अनुप र रोविनबीच टकराव (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/01/04
 
एलआर विवेक सापकोटाको निर्देशनमा बनेको फिल्म ‘कमाण्डर’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । माघ १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा अभिनेता अनुपबिक्रम शाही र रोविन तामाङबीचको टकराव देख्न सकिन्छ । फिल्ममा अनुप प्रहरी अफिसरको भूमिकामा छन् । भने, रोविन तस्करको भूमिकामा प्रस्तुत छन् । 
 
सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्म ‘कमाण्डर’ मा अनुपबिक्रम र रोविनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । फिल्मको सह-निर्मातामा सावन जंग राना छन् । फिल्म राम्रो बनेको निर्देशक सापकोटा बताउँछन् ।
 
‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलिबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको बताइएको छ । दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्माण भएको लामो समयपछि फिल्म प्रदर्शन हुन लागेको हो । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)