.jpg)
भर्सटायल अभिनेत्रीको रुपमा नेपाली फिल्ममा आफूलाई स्थापित गरेकी ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको शुक्रबार साँझ निधन भएको छ । अभिनेत्री ऋचाकी आमाको ६७ वर्षको उमेरमा निधन भएको हो ।
उनको आइतबार पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । ऋचाकी आमा रिनादेवी शर्मा लामो समयदेखि विरामी थिइन् । गएको महिना ऋचाले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् । त्यसबेला पनि उनकी आमा विरामी थिइन् ।
आफ्नो रिसेप्सन पार्टीमा उनले आमा विरामी भएका कारण विवाहको दिनदेखि नै अस्पताल धाइरहनु परेको बताएकी थिइन् । अभिनेत्री ऋचा आमासँग निकै नजिक थिइन् । उनलाई आमाले लामो समयदेखि विवाहका लागि दबाब दिँदै आएकी थिइन् ।

