Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यी तीन फिल्म, जसमा दीपिकाले काम गर्न पाइनन्

एजेन्सी, मुम्बई, 2020/01/05
 
बलिउड अभिनेत्री दीपिका पादुकोण आइतबार आफ्नो ३४औं जन्मदिन मनाउँदैछिन् । अभिनेता शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’ बाट आफ्ना करिअर सुरु गरेकी उनले गएको एक दशकमा बलिउडको टप अभिनेत्रीमा आफूलाई उभ्याउन सफल भएकी छन् । अहिले उनलाई बक्सअफिसको क्विन भन्ने गरिन्छ । उनी अभिनीत एकपछि अर्को फिल्म सुपरहिट छन् । 
 
तर, एक सक्सेसफुल करिअरको बावजूद पनि उनी केही महत्त्वपूर्ण फिल्मको हिस्सा बन्न सकिनन् । उनी आफ्नो बलिउड करिअरको सुरुवात फिल्म ‘सांवरिया’ बाट गर्ने तयारीमा थिइन् । तर, सञ्जय लीला भन्सालीले स्टार किड्सको फर्मूला अपनाउँदै ‘सांवरिया’ मा रणबीर कपूर और सोनम कपूरलाई लञ्च गरेका थिए । जसकारण दीपिकाको यो फिल्मबाट डेब्यू हुन सकेन । 
 
यद्यपि, केही वर्षपछि भन्सालीले दीपिकासँग लगातार ३ सुपरहिट फिल्ममा काम गरे र उनको करिअरलाई नयाँ उचाईमा पुर्याए । ‘सांवरिया’ सँगै अभिनेत्री दीपिका यश चोपडाको अन्तिम फिल्म ‘जब तक है जान’ र ‘धूम ३’ को पनि हिस्सा थिइन् तर पछि उनको ठाउँमा कटरीना कैफलाई लिइएको थियो । यी दुई फिल्ममा कटरीनाले दीपिकालाई रिप्लेस गर्न सफल भएकी थिइन् । 
 
दीपिकाले अनुपम खेर स्कूल अफ एक्टिङ स्कूलबाट अभिनय र कोरियोग्राफर श्यामक डावरबाट नृत्य सिकेकी थिइन् । सन् २००७ मा उनी हिमेश रेशमियाको म्यूजिक भिडियो ‘नाम है तेरा’ मा देखिएकी थिइन् । यसपछि उनले फराह खानको फिल्मबाट आफ्नो करिअर सुरुवात गरेकी थिइन् । दीपिका अहिले प्रदर्शनमा आउन लागेको फिल्म ‘छपाक’ का कारण चर्चामा छिन् । 
Most Visited News (monthly)