Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(26 votes, avg 5.00/5.00)
Text size:-
+
-

भुवन जब गायक बनेर स्टेज चढे...

फिल्मीखबर, काठमाडौं, 2020/01/05
 
‘सदाबहार अभिनेता’ को उपाधि पाएका नेपाली फिल्मका सुपरस्टार भुवन केसी गायक पनि हुन भन्ने कुरा धेरैलाई थाहा छ । उनी नेपालका पहिलो म्यूजिक भिडियोको मोडल समेत हुन् । ‘मायालु तिमी टाढा’ बोलको गीत नेपालको पहिलो म्यूजिक भिडियो हो, जसमा भुवन फिचर्ड छन् । यो गीत अभिनेता भुवन स्वयंले गाएका थिए । उनले ‘जागे सारा रात’ बोलको गीत पनि गाएका छन् । 
 
फिल्मको माध्यमबाट धेरैलाई प्रेम गर्न सिकाएका अभिनेता भुवन केसीले आफ्नो करिअरमा एकसेएक सम्झनलायक फिल्म दिएका छन् । तर, उनलाई बाल्यकालदेखि नै गायनमा रुचि थियो । गायनबाटै करिअरको थालनी गरेका उनले अभिनयमा होमिएपछि भने गायनलाई निरन्तरता दिन सकेनन् । यद्यपि, उनले गाएको ‘मायालु तिमी टाढा’ गीत भने अझै पनि कालजयी र कर्णप्रिय छ । 
 
छोरा अनमोलको करिअर बनाउन लामो समय अभिनयबाट दूरी बनाएका अभिनेता भुवन केसीलाई बेला बखतमा भने गायक बन्ने रहर जाग्छ । शनिवार राजधानीमा भएको पाँचौ ‘कामना फिल्म अवार्ड’ मा उनले रकस्टार शैलीमा स्टेजमा इन्ट्री लिए, ब्यान्डसहित । अवार्ड कार्यक्रममा प्रायः नृत्य प्रस्तुत गर्ने उनी ‘कामना अवार्ड’ भने पहिलो पटक लाइभ गीत गाउन स्टेज चढेका थिए । 
 
कहिल्यै लाइभ ब्यान्डमा प्रस्तुती नदिएका उनी सुरुमा केही नर्भस देखिन्थे । अवार्ड समारोहमा उपस्थित दर्शकलाई सम्बोधन गर्दै उनले आफ्नो गीत ‘जागे सारा रात’ आफ्नै अन्दाजमा सुनाए । पर्दाको हिरोको स्वर प्रोफेसनल गायकको जस्तो मिठासपूर्ण हुने कुरै भएन ! भुवनले फिल्ममा बोल्ने संवाद शैलीमा गीत सुनाए । तर, उनलाई आँखा अगाडि देख्न पाउँदा दर्शक त्यसै दंग थिए । 
Most Visited News (monthly)