फिल्म ‘दि कर्मा’को नयाँ गीत रिलीज भएको छ । माघ १७ गते रिलीज हुने फिल्मको ‘साना साना सपना’ बोलको गीत रिलीज भएको हो जसमा केतन क्षेत्रीको स्वर रहेको छ । मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको गीतका रचनाकार मानस बिक्रम थापा हुन् ।
गीतको भिडियोमा कलाकारहरु जय राज राय र संगीता नापितलाई देख्न सकिन्छ । प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

यस फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा'को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।
चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । रामेश्वर कार्कीले छायांकन गरेका छन् ।
दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको बताईएको छ ।
गीत हेर्नुहोस्:

