Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो चल्ला अनुपको ‘कमाण्डर’ ?

फिल्मीखबर, काठमाण्डौ, 2020/01/24
गएको कात्तिक अन्तिमसम्म नेपाली फिल्मका लागि सोलो रिलिज असम्भव जस्तै थियो । हरेक हप्ताको शुक्रवार एक वा दुईभन्दा बढी फिल्मबीच भिडन्त हुँदै आएको थियो । तर, मंसिर महिनाको सुरुवातसँगै चिसो बढ्न थालेपछि नेपाली फिल्म प्रदर्शन नै हुन छाडे । जसकारण सिंगल हल बन्द हुने अवस्थामा पुगेका थिए भने मल्टीप्लेक्समा विदेशी फिल्मको दबदबा थियो । 
 
चिसो मौसममा दर्शकहरु हल नपुग्ने डरले नेपाली निर्माताले फिल्म प्रदर्शन नै गर्न डराए । तर, विदेशी फिल्मले भने यही मौसममा नेपालमा करोडौं छापे । यसबाट के बुझिन्छ भने दर्शकलाई मौसमले फिल्म हेर्न जान रोक्दैन । फिल्म राम्रो भए जाडो होस् वा गर्मी, दर्शक हलमा पैसा खर्च गर्न डराउँदैनन् । फिल्म नै गतिलो छैन भने जुन मौसममा चलाए पनि दर्शकले साथ दिँदैनन् । 
 
 
एक महिनादेखि नेपाली फिल्मविहीन भएका हलहरुमा गएको शुक्रवारबाट फिल्म ‘१२ सत्ताइस’ प्रदर्शनमा आएको थियो । विना प्रचार प्रदर्शनमा उत्रिएको यो फिल्मले हलमा दर्शक तान्ने अपेक्षा गरिएको थिएन । भयो पनि त्यस्तै । फिल्मलाई पहिलो दिनदेखि नै दर्शकको खडेरी लाग्यो । कति हलमा यो फिल्म दर्शक नभएका कारण एक सोज समेत नचलेको जानकारी प्राप्त छ । 
 
यसबीच, शुक्रवारबाट अभिनेता अनुप विक्रम शाही स्टारर एक्सन प्रधान फिल्म ‘कमाण्डर’ प्रदर्शनमा आएको छ । यो फिल्म पनि धेरै दर्शकलाई प्रदर्शनमा आएकै थाहा छैन । सिंगल थिएटर र मल्टीप्लेक्स दुवैतिर एकसाथ प्रदर्शनमा आएको फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउन सफल होला त ? यसका लागि केही दिन प्रतिक्षा गर्नैपर्ने हुन्छ । 
 
समसामयिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका विकृति विरुद्धको अवाजका रुपमा अर्थयाइएको फिल्मको निर्देशन एलआर बिबेकले गरेका हुन् । एकल प्रदर्शनको अवसर पाएको फिल्ममा अनुपका अलावा रोविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्माको अभिनय रहेको छ । फिल्मबाट साधना सिलवाल र सगुन थापाले नायिकामा डेब्यू गरेका छन् ।
 
‘कमाण्डर’ सँगै नेपाली हलमा शुक्रवारबाट दुई बलिउड फिल्म ‘स्ट्रिट डान्सर’ र ‘पंगा’ पनि प्रदर्शनमा आएका छन् । रेमो डिशुजा निर्देशित ‘स्ट्रिट डान्सर’ मा वरुण धवन, श्रद्धा कपूर, प्रभु देवा, नोरा फतेहीसँगै नेपाली मुलका चर्चित डान्सर सुशान्त खत्रीको पनि अभिनय छ । त्यस्तै, अश्विनी अड्ढयर तिवारी निर्देशित फिल्ममा ‘पंगा’ मा अभिनेत्री कंगना रनावट लिड रोलमा छिन् । 
Most Visited News (monthly)