Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

आर्यनको स्पष्टिकरण: ‘म ‘अर्जुन रेड्डी’ रिमेकको हिस्सा छैन’

फिल्मीखबर, काठमाण्डौ, 2020/01/24
 
सन्दिप रेड्डी वांगा निर्देशित तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन निर्माण हुँदैछ । युवा फिल्मस्ले १६ लाख रुपैयाँमा यो फिल्मको नेपाली भर्सनको अधिकार लिएको हो । केही दिन अगाडि ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकार खरिद विक्रीको सम्झौता गरेका हुन् । 
 
‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक समेत प्रदर्शन भैसकेको छ । फिल्मको हिन्दी भर्सन ‘कबीर सिंह’ गत वर्षको धेरै आम्दानी गर्ने फिल्ममध्ये एक हो । फिल्ममा शाहिद कपूर प्रमुख भूमिकामा थिए । ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने भएपछि अभिनेतामा आर्यन सिग्देल हुने चर्चा चलेको थियो । उनले फिल्म गर्नका लागि मौखिक सहमति जनाएको पनि खबर बाहिरिएको थियो ।
 
तर, अभिनेता आर्यनले यस विषयमा आफ्नो स्पष्टिकरण दिएका छन् । उनले बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै ‘अर्जुन रेड्डी’ को विषयमा आफूसँग कुरा नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘स्पष्ट पार्न चाहन्छु कि म ‘अर्जुन रेड्डी’ को रिमेकको हिस्सा छैन । फिल्मको बारेमा कुराकानी र विचार गरेको छैन । यो राम्रो फिल्म हो र म पूरै टिमलाई शुभकामना दिन्छु ।’ 
 

अभिनेता आर्यनले ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनबाट अफर आएको र गर्ने सहमति भएको कुरामा सत्यता नभएको बताए पनि उनीसँग युवा फिल्मस्का केशव खड्काले फिल्मको विषयमा कुराकानी गरेको बताइएको छ । फिल्मका लागि निर्माण टिमको आर्यन नै पहिलो रोजाई हुन् । यसको नेपाली भर्सनलाई ‘सेल्फी किङ’ का निर्देशक विशाल सापकोटाले निर्देशन गर्ने चर्चा छ ।
Most Visited News (monthly)