Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ गीतमा आशीर्वाद र प्रशंसाको बिहे

फिल्मीखबर, काठमाडौं, 2026/11/05

Ashirwad B Chhetri, Prashamsha Rayamajhi

 

काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘चिरञ्जीवी भवः’को पहिलो गीत ‘जाले रुमाल’ सार्वजनिक गरिएको छ । डान्सिङ शैलीको गीतमा फिल्मका निर्देशक समेत रहेका दीपकप्रसाद आचार्य (काकु)को शब्द तथा बाबुल गिरीको संगीत छ । गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीले स्वर दिएका छन् । 

फिल्मका मुख्य जोडी आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा तयार पारिएको गीतको भिडियोमा हरिवंश आचार्य, करिश्मा मानन्धर, दीपकप्रसाद आचार्य, हरिस निरौला, सुमन कार्कीलगायतका कलाकार पनि देखिएका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा आशीर्वाद र प्रशंसाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । प्रशंसाको यो डेब्यू फिल्म हो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा कमलमणि नेपाल, अभय बराल, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, मिश्री थापा, गीता अधिकारी, काजल कर्ण, दिव्य पौडेललगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा उमेशकुमार बराल र चिरन केसी निर्माता तथा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा छन् ।

कलाकार कुमार कट्टेलको कथा रहेको फिल्ममा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन छ । फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी गुरुङको छ । फिल्मका गीतमा रञ्जित गजमेर, बाबुल गिरी, अनमोल थापा, सुशान्त गौतम र समीर खरेलले संगीत दिएका छन् । फिल्मले हजुरबुबा र नातीबीचको सम्बन्धको कथा प्रस्तुत गर्ने जनाइएको छ ।