Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामायण’लाई चुनौती दिन हलमा लाग्यो ‘पाँच पाण्डव’

फिल्मीखबर, काठमाडौं, 2026/11/06

Pancha Pandava

 

काठमाडौं । तिहारको अवसर पारेर शुक्रबारबाट फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ । महाभारतका पात्रहरूलाई बिम्ब बनाएर निर्माण भएको फिल्मले एकल रिलिजको दुर्लभ अवसर पाएको छ । तर, फिल्मका लागि सबैभन्दा ठूलो चुनौती बिहीबारदेखि रिलिज भएको भारतीय फिल्म ‘रामायण’ बन्ने देखिन्छ । किनकि, यसले नेपालमा आक्रामक व्यापार गरिरहेको छ । 

वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ यतिबेला विवादमा समेत तानिएको छ । फिल्मको पोस्टरमा द्रौपदीको रूपमा चिनाइएकी इभा गिरीलाई ‘राजा चाहिया छ’ गीतमा बोल्ड अवतारमा प्रस्तुत गरिएपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ । यद्यपि, निर्माण पक्षले फिल्मले कुनै धर्म र आस्थाप्रति चोट नपुर्‍याउने दाबी गरिरहेको छ ।

फिल्मलाई लिएर विवाद चर्किएपछि गृह मन्त्रालयको ठाडो आदेशमा प्रदर्शन रोक्ने प्रयास समेत भएको थियो । तर, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट प्रदर्शन अनुमति पाइरहेको फिल्मलाई रोक्न नमिल्ने भन्दै फिल्मकर्मीले आवाज उठाएपछि बिहीबार सञ्चार मन्त्रालयमा भएको छलफलबाट फिल्मलाई निर्बाध रूपमा प्रदर्शन गर्न दिने सहमति भएको हो ।

द्वापरयुग र कलियुगको कथामा आधारित फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, नीरज पन्थीलगायतका कलाकारको अभिनय छ । फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा छन् ।