Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 79 - 84 of 24232
फिल्मीखबर, काठमाडौं, 2026-09-24, बिहिवार

गत भदौ १३ गतेदेखि चलचित्र विकास बोर्ड अध्यक्षविहीन छ । निवर्तमान अध्यक्ष दिनेशराज दाहाल (डिसी)को दुईवर्षे कार्यकाल सकिएपछि बोर्डले नयाँ अध्यक्ष पाउन सकेको छैन । यद्यपि, सरकारले दसैंअघि नै नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी थालेको छ । त्यसका लागि तालुकवाला निकाय सञ्चार मन्त्रालयले असोज १ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । 

फिल्मीखबर, काठमाडौं, 2026-09-24, बिहिवार

बलिउड सुपरस्टार शाहरुख खान लगातार दोस्रो पटक भारतका सर्वाधिक धनी अभिनेता बनेका छन् । ‘हुरुन इन्डिया रिच लिस्ट २०२६’ अनुसार उनी मनोरञ्जन क्षेत्रबाट सबैभन्दा धनी अभिनेताको शीर्ष स्थानमा पर्न सफल भएका हुन् । सन् २०२५ मा पनि उनी पहिलो स्थानमा थिए । यस वर्ष उनको कूल सम्पत्ति भारु दश हजार करोड पुगेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-09-23, बुधवार

अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक गरिएको छ । ‘एक्सन प्याक्ड’ देखिएको झन्डै दुई मिनेट लामो टिजरमा संवादभन्दा धेरै गोली र किक चलेका छन् । टिजरले कथावस्तुबारे भने धेरै खुलाएको छैन । फिल्ममा कस्ता एक्सन दृश्य छन् भन्नेबारे दर्शकलाई जानकारी दिनु मात्र टिजरको उद्देश्य देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2026-09-23, बुधवार

यही शुक्रबार (९ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाः एक योद्धा’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । मंगलबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा फिल्म हेर्न पुगेका विभिन्न क्षेत्रका व्यक्तिले कथावस्तु, कलाकारको अभिनय, छायांकन र संगीत पक्षको मुक्तकण्ठले प्रशंसा गरे । 

फिल्मीखबर, काठमाडौं, 2026-09-23, बुधवार

अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘जदौ’ यही शुक्रबार (९ असोज)बाट प्रदर्शन हुँदैछ । ‘जदौ हजुर’ र ‘तिमीसँग नबोली’ बोलका दुई गीतले फिल्मप्रति दर्शकको चासो बढाइरहेको समयमा निर्माण पक्षले दोस्रो विस्तारित ट्रेलर सार्वजनिक गरेको छ । साढे दुई मिनेट लामो ट्रेलरमा जातीय विभेद र त्रिकोणात्मक प्रेमकथालाई समेटिएको छ । 

फिलमीखबर, काठमाडौं, 2026-09-23, बुधवार

विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘२६ करोड’को मुम्बईमा निर्माण घोषणा गरिएको छ । मंगलबार साँझ मुम्बईको पाँचतारे होटल ‘ताज ल्याण्ड्स एन्ड’मा क्यान्सर पीडितको सहयोगार्थ आयोजित ‘रोज डे’ समारोहमा बलिउड अभिनेता विवेक ओबेरोय र निर्माता सुभाष भुसालले संयुक्त रूपमा फिल्मको घोषणा गरेका हुन् ।  

Results : 79 - 84 of 24232
Most Visited News (monthly)