
करिब ५ वर्षअघि अभिनेत्री पूजा शर्माले गरेको एउटा घोषणाले उनका प्रशंसकलाई समेत निराश तुल्यायो । उनले आफूले निर्माण तथा अभिनय गरेको फिल्म ‘रामकहानी’को गीत सार्वजनिक कार्यक्रममा विवाहपछि फिल्ममा काम नगर्ने उद्घोष गरेकी थिइन् । अबको २–३ वर्षपछि विवाह गर्ने र त्यसपछि सुशील बुहारी भएर बस्ने उनको भनाइ थियो ।

‘द ब्लू लाइट’का निर्देशक बलिराम चौहानको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् । उनीसँग निर्देशक चौहानले बुधबार लिखित सम्झौता गरेका हुन् । फिल्ममा उनको जोडी अभिनेता रिहान गिरीसँग बाँधिने जनाइएको छ । अभिनयको हिसाबले गराँसको यो दोस्रो फिल्म हुनेछ ।

साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले बक्स अफिसमा रेकर्डको चाङ बनाइरहेको छ । चौथो हप्तासम्म ‘छक्का पञ्जा’का श्रृंखलादेखि ‘जेरी अन टप’, ‘जारी’, ‘परान’, र ‘१२ गाउँ’ जस्ता फिल्मलाई कमाइमा पछि पारिसकेको फिल्मले अब अर्को ठूलो उपलब्धि हासिल गरेको छ । फिल्मले ‘कबड्डी ४’को २१ करोड ४० लाखको रेकर्ड तोड्न सफल भएको छ ।

‘चोपेन्द्र’को रूपमा परिचित अभिनेता मुकुन भुसालले फिल्म ‘लज्जावती’ नेपालीपन बोकेको प्रेमकथा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले नेपाली समाजकै प्रेमकथामा फिल्म आधारित भएकाले दर्शकलाई आफ्नो जीवनसँग मेल खाएको महसुस हुन सक्ने बताए । उनले यो आफ्नो पहिलो लभस्टोरी फिल्म रहेको समेत दाबी गरे ।

भारतीय गायिका साधना सरगमको स्वरमा रहेको २५ वर्षअघिको कालजयी गीत ‘गुराँस फुल्दा’लाई ‘रि-क्रिएट’ गरेर फिल्म ‘मास्टर्नी’मा समावेश गरिएको छ । गीतको नयाँ भर्सनमा मेलिना राईले स्वर दिएकी छन् । सोमबार गीत सार्वजनिक भएसँगै दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । धेरैले मेलिनाको स्वरको प्रशंसा गरे पनि संगीत पक्षको आलोचना गरेका छन् ।

नेपाली फिल्मको भाग्य पनि अनौठोको छ । कुनै फिल्म हप्तौंसम्म हलबाट टसमस हुँदैनन् । कुनै फिल्मलाई एक साता टिक्न पनि हम्मे पर्छ । यस्तै परिदृश्य यतिबेला फिल्म क्षेत्रमा देखिएको छ । एकातिर चार सातादेखि ‘गौँथली’ले हलमा बलियो पकड बनाइरहेको छ भने अर्कोतिर गत शुक्रबार प्रदर्शन भएका दुई फिल्म ‘हली’ र ‘कमला मिस’ हलबाटै उत्रिने अवस्थामा पुगेका छन् ।

