Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 73 - 78 of 24233
फिल्मीखबर, काठमाडौं, 2026-09-27, आईतवार

अभिनेता निखिल उप्रेतीले ९ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘आचार्य’ शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । निरन्तरको झरीले फिल्मको ओपनिङमा ठूलो असर गरेको भए पनि दुई दिनको व्यापार सन्तोषजनक नै देखिएको छ । दुई दिनमा फिल्मले ५० लाखमाथि व्यापार गरेको अनुमान छ । तर, फिल्मले दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-09-26, शनिवार
फिल्मीखबर, काठमाडौं, 2026-09-26, शनिवार

असोज २ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ २’ले व्यापारमा सुधारका लागि बक्स अफिसमा संघर्ष गरिरहेको छ । दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा पनि फिल्मले पहिलो साता अपेक्षित व्यापार गर्न सकेन । यद्यपि, ‘वर्ड अफ माउथ’ले फिल्मलाई व्यावसायिक सफलता दिलाउनेमा निर्माण पक्ष अझै आशावादी छ । 

फिल्मीखबर, काठमाडौं, 2026-09-25, शुक्रवार

गत चैतमा अभिनेता सागर लम्साल (बले)माथि एउटा गम्भीर आरोप लाग्यो । अमेरिका बस्ने एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । त्यसलगत्तै उनलाई छायांकन भइरहेको फिल्म ‘पाँच पाण्डव’बाट निकालिएको थियो । जबकि, उनको १० दिनको छायांकन समेत भइसकेको थियो । उनलाई हटाएर निर्माताले फिल्म पुनः छायांकन गरेका थिए । 

फिल्मीखबर, काठमाडौं, 2026-09-25, शुक्रवार

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (चक्रवात अर्नब)का कारण बुधबारदेखि देशभर निरन्तर वर्षा भएपछि नेपाली फिल्मको प्रदर्शनदेखि छायांकनसम्म प्रभावित भएका छन् । यस्तोमा एक महिनादेखि तालनगरी पोखरामा छायांकन भइरहेको फिल्म ‘शुभ विवाह’को तीन दिनका लागि छायांकन स्थगित गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-09-25, शुक्रवार

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (चक्रवात अर्नब)को प्रभावले बुधबारदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर पानी परिरहेको छ । पानीले देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित हुँदा त्यसको असर नेपाली फिल्मलाई समेत परेको छ । हलमा प्रदर्शन भइरहेका फिल्ममा दर्शकको उपस्थिति निकै न्यून देखिएको छ । 

Results : 73 - 78 of 24233