Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘दि कर्मा’ मा भिलेन परमिता

फिल्मीखबर, काठमाडौं, 2020/01/30
बोल्ड अभिनेत्रीको छवि बनाएकी परमिता आरएल राणा एक वर्षपछि ठूलो पर्दामा देखिँदैछिन् । उनी अभिनीत नयाँ फिल्म ‘दि कर्मा’ भोली शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका अन्य कलाकारहरु व्यस्तताका कारण प्रचार-प्रसारमा समय निकाल्न नसकेपछि केही दिनदेखि एक्लै दौडिरहेकी उनी फिल्ममा आफूले निर्वाहा गरेको भूमिका दर्शकलाई मनपर्नेमा विश्वस्त छिन् । 
 
फिल्म रिलिजको पूर्वसन्ध्यामा राजधानीको एक रेस्टुराँमा भेटिएकी उनले आफू दर्शक प्रतिक्रिया बुझ्न आतुर रहेको बताइन् । उनले भनिन्, ‘कलाकार भएपछि भर्सटायल हुनुपर्छ । म पनि फरक फरक भूमिका गर्न रुचाउँछ । ‘दि कर्मा’ मा दर्शकले मलाई अहिलेसम्मकै भिन्न अवतारमा देख्न सक्नुहुनेछ ।’ आफ्नो भूमिका र स्क्रिप्ट राम्रो लागेको कारण फिल्म गरेको उनको भनाई छ ।
 
 
उनले फिल्ममा आफू अम्बिका दिदीको भूमिकामा रहेको बताइन् । आफ्नो भूमिकाबारे थप प्रष्ट पार्दै उनले भनिन्, ‘उसलाई जे ठिक लाग्यो त्यही गर्नुपर्छ । अरुको कुरा सुन्दैन । एउटा गाउँको मुखियाको भूमिका छ ।’ तराईं क्षेत्रमा बसोबास गर्ने दर्शकहरुले ‘दि कर्मा’ एकदमै मनपर्न सक्ने उनको भनाई छ । केही कुरामा दर्शकले आफूलाई पनि रिलेट गर्ने उनी बताउँछिन् । 
 
अभिनेत्री परमिताले फिल्ममा आफू नकारात्मक (भिलेन) भूमिकामा रहेको पनि खुलाइन् । कलाकार भएपछि सबै प्रकारका भूमिका गर्न तयार हुनुपर्ने उनको तर्क छ । ‘दि कर्मा’ को व्यापारिक सफलता वा असफलताले आफूलाई ठूलो अर्थ नराख्ने पनि उनी बताउँछिन् । कलाकार भएपछि फिल्मको सफलता र असफलताभन्दा अभिनयमा जोड दिनुपर्ने उनको बुझाई छ । 
 
जय राज राय, श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । देवकुमार श्रेष्ठ निर्देशित ‘दि कर्मा’ लाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । फिल्मको पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्ममा परमितासँगै करण वर्मा, नीता ढुंगाना, बुद्दी तामाङ्ग, अनुप सक्सेनालगायतका कलाकारहरुको पनि अभिनय छ । 
Most Visited News (monthly)