Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६३ वर्षका भए साउथका ‘कमेडी किंग’ ब्रह्मानन्दम

फिल्मीखबर, काठमाण्डौ, 2020/02/01
 
गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा सबैभन्दा धेरै फिल्म खेल्ने कालकारको पहिचान बनाएका तेलुगू फिल्मका कलाकार ब्रह्मानन्दम शनिवारबाट ६३औं वर्षमा लागेका छन् । १ फेब्रअरी १९५६ मा आन्ध्रप्रदेशको गुन्टूर जिल्लामा जन्मिएका उनलाई साउथका ‘कमेडी किंग’ भन्ने गरिन्छ । उनले आफ्नो करिअरमा १६ सयभन्दा धेरै फिल्म गरेका छन् । उनले बलिउड फिल्म समेत गरेका छन् ।
 
उनको पहिलो फिल्म सन् १९८६ मा ‘चुत्तालाबबाई‘ प्रदर्शनमा आएको थियो । अभिनयमा निपूर्ण मानिने उनको प्रारभिक शिक्षा सातेनापल्ली जिल्लाको मुपलला गाउँमा भएको थियो । उनको परिवारको आर्थिक स्थिति राम्रो थिएन । तर पनि उनले आफ्नो शिक्षा छाडेनन् र पोस्ट ग्रेजुएशन पूरा गरे । पोस्ट ग्रेजुएशन गरेपछि एक कलेजमा उनी तेलुगू लेक्चररको रुपमा काम गरे । 
 
उनी कलेजमा लेक्चररसँगै आफ्ना विद्यार्थीहरुलाई कमेडी गर्न र मिमिक्री गर्न पनि सिकाउने गर्दथे । र, कलेजमा कुनै विशेष कार्यक्रम भयो भने उनी मिमिक्री गरेर सबैलाई हँसाउने गर्दथे । ब्रह्मानन्दमकी पत्नीको नाम लक्ष्मी हो । उनीहरुको दुई सन्तान छन् । एकको नाम राज र दोस्रोको नाम सिद्धार्थ हो । उनीहरुको दुवै सन्तानको विवाह भैसकेको छ भने सबै एकसाथ बस्ने गर्दछन् । 
 
ब्रह्मानन्दम एक फिल्ममा काम गर्नका लागि १ करोड भारतीय रुपैयाँ बुझ्ने गरेका छन् । २०१५ मा आफ्नो पपुलारिटी र हिट फिल्मलाई देख्दै उनले पारिश्रमिक बढाएका थिए । तर, पछिल्लो समय स्वास्थ्य अवस्थाका कारण उनले खासै फिल्म गरेका छैनन् । उनले साउथका ठूला स्टार मानिने महेश बाबू, अल्लू अर्जुन, प्रभास, राम चरण, नागार्जुन प्रायः सबैसँग काम गरिसकेका छन् । 
Most Visited News (monthly)