Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साङ्लो’ : गीत चोरीको आरोपमा प्रहरीमा उजुरी

फिल्मीखबर, काठमाण्डौ, 2020/02/02
यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको प्रमुख भूमिका रहेको फिल्म ‘साङ्लो’ विवादमा मुछिएको छ । फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै प्रहरीमा उजुरी परेको छ । ‘रुद्रप्रिया’ निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् । 
 
 
उनले शुक्रवार संंगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनको विरुद्ध उजुरी दिएको प्रहरी परिसर टेकुले जानकारी दिएको छ । प्रहरीले आइतबार दुबै पक्षलाई छलफलका लागि बोलाउने बताइएको छ । सुदीपले ‘रुद्रप्रिया’ का लागि आफूले यो गीत कम्पोज गर्न २ वर्ष अगाडि संगीतकार अधिकारीलाई दिएको बताएका छन् ।
 
तर, पछि फिल्ममा ‘झ्याम्मै आँखा झ्याम्मै’ गीत राखिएन । गीत भने संगीतकार अधिकारसँग थियो । सुदीप, ‘साङ्लो’ मा आफूले लेखेको गीत राखिएको विषयमा कुनै जानकारी नै नभएको बताउँछन् । गीतमा रचनाकारको रुपमा क्रेडिट समेत नदिएपछि आफू प्रहरीमा उजुरी दिन बाध्य भएको उनको भनाई छ । गीतमा रचनाकारमा गायक समेत रहेका निशान भट्टराईको नाम छ । 
 
सुदीपले गीतमा केही शब्द परिवर्तन गरिएको पनि बताए । क्षतीपूर्तिसहित फिल्मबाट गीत हटाउनु पर्ने उनको माग छ । गायक निशानले गीतको रचनाकारमा आफ्नो नाम देख्दा छक्क परेको बताए ।  फिल्मको गीत आफूले गाएको भए पनि शब्द भने आफ्नो नभएको उनको भनाई छ । संगीतकार अधिकारी भने प्राविधिक त्रुटीले रचनाकारमा निशानको नाम पर्न गएको बताउँछन् । 
 
 
फिल्म रिलिजको मुखमा गीत चोरीको आरोप लागेपछि अभिनेता विराज तनाबमा देखिएका छन् । गीतमा रचनाकारमा निशानको नाम पर्नु प्राविधिक त्रुटी रहेको उनले बताए । उनले भने- ‘गीत चोरीको आरोपमा प्रहरीमा उजुरी दिएको बारेमा मलाई जानकारी भएन । मैले त सरेशजीबाट गीत लिएको हुँ । गीतको रचनाकार चाहिँ निशान भाई होइन । त्यो प्राविधिक त्रुटी हुन गएको हो ।’
 
अभिनेता विराज भट्टले गीतको रचनाकारमा वास्तविक सर्जकको नाम राखिने आश्वासन दिलाए । उनले अगाडि भने- ‘मैले कसैको गीत चोरेर फिल्ममा राखेको होइन । संगीतकार सुरेशजीसँग सम्झौता गरेरै गीत लिएको हुँ । गीतको शब्द उहाँले लेख्नुभएको हो वा अरुले, त्यो सुरेशजीलाई नै थाहा होला । मलाई चाहिँ गीत सुरेशजी आफैंले लेख्नुभएको हो भन्ने मात्र थाहा छ ।’
 
यो हो चोरीको आरोप लागेको गीत :-

Most Visited News (monthly)