Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सौगात र सृष्टिको ‘माइकल अधिकारी’ मा रवि लामिछाने ?

फिल्मीखबर, काठमाण्डौ, 2020/02/18
 
‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने कलाकार पनि हुन् । उनले गाइजात्रामा हास्य प्रहसन, टेलिसिरियलमा अभिनय र नेपाल टेलिभिजनबाट प्रशारण हुने कमेडी शोको सञ्चालन समेत गरेका थिए । तर, नेपालमा सुरक्षित भविष्य नदेखेर अमेरिका हानिएपछि उनी अभिनयबाट टाढा भए । यद्यपि, उनलाई पुनः अभिनयमा फर्किएको हेर्न चाहने दर्शक धेरै छन् । 
 
उनै, रवि लामिछानेले आफ्नो सुसरालीको फिल्म ‘माइकल अधिकारी’ मा अभिनय गरेको खबर छ । यो फिल्म उनकी श्रीमती निकिता पौडेलले निर्माण गरेकी हुन् । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्मित यस फिल्मको आइतवार पूर्वमा भएको इन्डक्ल्याप पार्टीमा रवि उपस्थित भएका थिए । उनी कार्यक्रममा उपस्थित मात्र भएनन्, फिल्मको नाम अंकित टिर्सट पनि लगाए । 
 
यो फिल्मको छायांकन सुरु हुँदै गर्दा पत्रकार रवि लामिछानेले पनि अभिनय गर्न लागेको चर्चा चलेको थियो । फिल्मको इन्डक्ल्याप पार्टीमा उनी फिल्मको टिर्सट नै लगाएर उपस्थित भएपछि बजारको चर्चामा सत्यता रहेको देखिन्छ । यद्यपि, निर्माण टिमले फिल्ममा उनको अभिनय छ या छैन भन्ने बारेमा मुख खोलेको छैन । न त रविले नै यस विषयमा स्पष्टिकरण दिएका छन् । 
 
गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, फिल्ममा उनी सामाजिक अभियान्ताको भूमिकामा छन् । फिल्ममा पत्रकार रविले निर्वाहा गरेको भूमिकाले उनको व्यक्तित्व र सामाजिक छविमा समेत सकारात्मक प्रभाव पार्ने बताइएको छ । फिल्मको इन्डक्ल्याप पार्टीमा उनले कथावस्तु राम्रो नभए चलेका कलाकार राखेर मात्र सफलता प्राप्त गर्न नसकिने बताए ।
 
फिल्म ‘माइकल अधिकारी’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन् । फिल्ममा उनीहरु श्रीमान् श्रीमतीको भूमिकामा छन् । सृष्टिले पैसाका लागि अरुका लागि आफ्नो कोख भाडामा लगाउने विवाहित महिलाको भूमिका निभाएकी छिन् । रञ्जित रौनियारको डेब्यू निर्देशनमा निर्माण भएको यो फिल्म आउँदो चैत २८ मा प्रदर्शन हुने बताइएको छ । 
Most Visited News (monthly)