Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आमा’ मेरो करिअरको दोस्रो टर्निङ पोइन्ट : मिथिला शर्मा

फिल्मीखबर, काठमाण्डौ, 2020/02/17
 
अभिनयमा पारंगत मानिने अभिनेत्री मिथिला शर्मा आफूले पाएको भूमिकालाई प्राण दिन कत्ति पनि कञ्जुस्याइँ गर्दैनन् । त्यसैले त उनी दर्शकको मनमा बस्न सफल छिन् । वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको फिल्म ‘विश्वास’ बाट रङ्गिन दुनियाँमा प्रवेश गरेकी उनी पछिल्लो समय नेपाली फिल्ममा अभिनेता वा अभिनेत्रीको आमाको भूमिकामा देखिने गरेकी छन् । 
 
स्वर्गीय निर्देशक शिव रेग्मी निर्देशित फिल्म ‘सुख–दुःख’ मा अभिनय गरेपछि ठूलो उचाइ हासिल गरेकी अभिनेत्री मिथिला २०५० सालमा प्रदर्शनमा आएको फिल्म ‘दिदी’ लाई आफ्नो करिअरको पहिलो टर्निङ पोइन्ट मान्छिन् । यो फिल्मपछि आफूलाई दर्शकले दिदीको रुपमा सम्बोधन गर्न थालेको उनको भनाई छ । अब, उनको यो परिचय फिल्म ‘आमा’ ले परिवर्तन गरेको छ । 
 
उनी यो फिल्मलाई आफ्नो करिअरको दोस्रो टर्निङ पोइन्ट बताउँछिन् । एक भेटमा उनले भनिन्, ‘हरेक मानिसको जीवनमा एउटा टर्निङ पोइन्ट आउँछ । ‘दिदी’ मेरो करिअरको पहिलो टर्निङ पोइन्ट थियो । यो फिल्मपछि मलाई दर्शकले दिदी भनेर सम्बोधन गर्नुभएको थियो । ‘आमा’ गरेपछि मलाई धेरैले आमा भन्न थाल्नुभएको छ । त्यसैले म यसलाई दोस्रो टर्निङ पोइन्ट मान्छु ।’
 
अभिनेत्री मिथिला शर्मा ‘आमा’ मा काम गर्न पाउनु आफ्नो करिअरको सबैभन्दा ठूलो उपलब्धि मान्छिन् । उनले फिल्म गर्नुअघि आफूले निर्वाहा गर्ने चरित्रबाट निर्देशक दीपेन्द्र के. खनालले के चाहन्छन् भनेर बुझेको बताइन् । उनले अगाडि भनिन्, ‘दीपेन्द्र जीले मैले निर्वाहा गर्ने चरित्रबाट के चाहनुहुन्छ भनेर एक दिन लगाएर बुझेँ । त्यसपछि म उहाँको सोचअनुसार अगाडि बढेको हुँ ।’
 
अभिनेत्री मिथिला शर्माको हातमा भाग्यवस परेको थियो, ‘आमा’ । उनीभन्दा अगाडि फिल्ममा सूर्यमाला खनाल अनुबन्ध भएकी थिइन् । उनले व्यक्तिगत कामका कारण फिल्म गर्न नसक्ने भएपछि मिथिला भित्रिएकी थिइन् । यो फिल्म छाड्नु सूर्यमालाको ब्याडलक मानिन्छन्, उनी । ‘आमा’ जस्तो फिल्ममा कमै कलाकारले अभिनय गर्ने अवसर पाउने उनको कथन छ । 
Most Visited News (monthly)