Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघको महासचिवमा जीवन पराजुलीको उम्मेदवारी घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2020/02/29
 
नेपाली फिल्मको विषयमा कलम चलाउने पत्रकारहरुलाई यतिबेला चुनाव लागेको छ । रङ्ग पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको आठौं महाधिवेशन नजिकिँदै गर्दा चुनावी सारगर्मी उत्कर्षमा पुगेको हो । आउँदो चैत ३ गते हुन लागेको निर्वाचनका लागि फिल्म पत्रकारहरुले उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् । केही भने उम्मेदवारी घोषणाको तयारीमा छन् । 
 
यसबीच, शनिवार ठूलोपर्दा डटकमका सम्पादक जीवन पराजुलीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । डेढ दशकदेखि फिल्म पत्रकारितामा सक्रिय उनी चलचित्र पत्रकार संघ, नेपालका वर्तमान सह कोषाध्यक्ष समेत हुन् । अहिलेसम्म महासचिव पदमा पराजुलीभन्दा बाहेक अरुले उम्मेदवारी घोषणा गरेका छैनन् । यद्यपि, यो पदका लागि केही आकांक्षी भने छन् ।
 

पत्रकार जीवन पराजुलीले तीन वर्षे कार्यकालको मुल्यांकन गर्दै आफूले महासचिव पदमा उम्मेदवारी घोषणा गरेको शनिवार फेसबुकमा स्टाटस लेख्दै बताएका छन् । डेढ दशक लामो फिल्म पत्रकारिताको दौरानमा एक दर्जनभन्दा बढी पुरस्कारबाट समेत सम्मानित भैसकेका उनी महासचिव पदका बलिया दाबेदार मानिएको छ । उनी आफ्नो जित हुनेमा विश्वस्त छन् ।
 
त्यस्तै, चलचित्र पत्रकार संघ, नेपालको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि दिनेश सिटौला, डब्बु क्षेत्री र सन्दिप सापकोटा (वर्तमान अध्यक्ष) आकांक्षी रहेको बुझिएको छ । तर, उनीहरुले उम्मेदवारी घोषणा भने गरेका छैनन् । कार्यक्रम उपाध्यक्ष पदमा अशेष अधिकारी र महिला उपाध्यक्षमा वर्षा बस्नेत र दीपज्योति थापाको उम्मेदवारी घोषणा हुनसक्ने सम्भावना छ ।
 
त्यस्तै, सचिव पदमा रघुनाथ सापकोटा र विनोद पोखरेल, कोषाध्यक्षमा प्रदीप काकी र सह-कोषाध्यक्षमा कुमार आचार्यले उम्मेदवारी दिने चर्चा छ । सदस्यमा भने अन्जान दाहाल ‘मनिष’, गोपीकृष्ण चापागाईं, सुरज पौडेल, श्यामहरी शिवभक्ति, सुरक्षा भट्टराई, आशिष ओलीको नाम चर्चामा छ । तर, उनीहरु कसैले आधिकारिक रुपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् ।

 

Most Visited News (monthly)