Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बागी ३’ पछि ‘हिरोपन्ती २’ मा टाइगर

एजेन्सी, मुम्बई, 2020/02/28
 
अभिनेता टाइगर श्राफले फिल्म ‘हिरोपन्ती’ बाट आफ्नो बलिउड डेब्यू गरेका थिए । सन् २०१४ मा आएको यो फिल्ममा उनको अपोजिटमा अभिनेत्री कृति सेनन थिइन् । केही समय अगाडिदेखि खबर आइरहेको थियो कि टाइगरले आफ्नो डेब्यू फिल्मको सिक्वेलमा काम गर्न सक्नेछन् । अब, उनले आफ्नो इन्स्टाग्राममा ‘हिरोपन्ती २’ को पोस्टर साझेदार गर्दै खबरलाई पुष्टि गरेका छन् ।
 
यो एक्सन फिल्ममा टाइगर श्राफ सुट-बुट लगाएर माचो म्यानको अवतारमा देखिनेछन् । पोस्टरमा दुनियाँ उनको चरित्रलाई मरिसकेको देखाउन खोजिएको छ । टाइगरले पोस्टर साझेदार गर्दै लेखेका छन्, ‘यो मेरो लागि स्पेशल हो । साजिद सरसँग फेरि अर्को फ्रेन्चाइज लिएर अगाडि बढ्न पाउँदा म एकदमै खुसी छु ।’ ‘हिरोपन्ती’ ले २०१४ मा हिटको व्यापार गरेको थियो । 
 
निर्माण टिमले सार्वजनिक गरेको फिल्मको पहिलो पोस्टरमा टाइगरलाई टाढाबाट कालो सुट-पेन्ट लगाएर आउँदै गरेको देख्न सकिन्छ । भने, उनको वरिपरि बन्दुक छन् । त्यस्तै, दोस्रो पोस्टरमा उनी शहरको बीच रोडमा उभिएका छन् र रफ्तारमा आएका गाडिहरु उनको नजिकबाटै कुदिरहेका छन् । उनले एक हातमा बन्दुक बोकेका छन् भने अर्को हातको मुठ्ठी बाँधेका छन् । 
 
‘हिरोपन्ती २’ को निर्देशन अहमद खानले गर्देछन् । बलिउडका चर्चित कोरियोग्राफर समेत रहेका उनले अर्को हप्ता प्रदर्शनमा आउने ‘बागी ३’ को पनि निर्देशन गरेका हुन् । यसमा टाइगरसँगै श्रद्धा कपूर, रितेश देशमुख, अंकिता लोखन्डेलगायतका कलाकारहरुको अभिनय छ । साजिद नाडियाडवालाले निर्माण गर्ने ‘हिरोपन्ती २’ सन् २०२१ जुलाई १६ मा प्रदर्शन हुनेछ ।  
Most Visited News (monthly)