Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

प्रियंकाको प्रशंसामा केकी लेख्छिन्, ‘तिमीले सबै नारीलाई आँट दिएकी छौ’

फिल्मीखबर, काठमाण्डौ, 2020/03/01
अभिनेत्री प्रियंका कार्की गएको शुक्रवार अभिनेता आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिइन् । बिहीवार अदालतमा कागजी विवाह गरेकी उनले शुक्रवार हिन्दू परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । प्रियंका र आयुष्मानको विवाह र रिसेप्सन समारोहमा फिल्मकर्मीहरुको बाक्लो उपस्थिति थियो । उनीहरुले आफू निकट फिल्मकर्मीलाई मात्र निमन्त्रणा गरेका थिए । 
 
 
प्रियंकाको विवाह र रिसेप्सन पार्टीमा अभिनेत्री केकी अधिकारी छुट्ने त कुरै आएन । उनीहरुको नेपाली फिल्ममा लगभग एकै समयमा प्रवेश भएको थियो । यी दुई एकअर्कासँग निकै मिल्ने गर्दछन् । ‘कोहलपुर एक्सप्रेस’, ‘हाउ फन्नी’, ‘फन्को’, ‘मेरो बेस्ट फ्रेण्ड’, ‘नाईं नभन्नू ल ५’ मा सँगै काम गरिसकेका उनीहरुले फुर्सदको समयमा एकअर्कासँग समय विताउने गरेका छन् । 
 
रिसेप्सन पार्टीमा उपस्थित भएर प्रियंकालाई नयाँ जीवनको शुभकामना दिँदै गरेको तीन तस्विर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै केकीले प्रियंकाको प्रशंसामा शब्द खर्चिएकी छन् । प्रियंकाको काम र नामको प्रशंसा गरेर उनलाई आफू सीमित घेरामा मात्र खुम्चाउन नचाहने उनको भनाई छ । उनले, प्रियंकाले सबै नारीलाई आँट दिएको पनि स्टाटसमा उल्लेख गरेकी छन् । 
 
उनी लेख्छिन्, ‘तिम्रो खुसीको दिनमा तिम्रो लागि केही शब्द कोरेर शुभकामना दिउँ कि भन्ने सोचेँ । तिम्रो नाम अनि काममा यति हराइएछ कि तिम्रो नामको सिधा अर्थ के होला भनेर कहिले पनि सोचिनछु अनि सोधिनछु, जबकी म हरेक व्यक्तिको नामको अर्थ खोजीहाल्ने खालकी छु । तिमी त कामले नाम बनाएकी मान्छे, तिम्रो काम अनि नामको प्रशंसा गरेर म तिमीलाई तिमी त्यति मात्र हौ भन्न सक्दिनँ । मैले तिमीलाई नजिकबाट चिन्ने मौका पाएकी छु र त थाहा पाएकी छु कि तिमी त्यो भन्दा धेरै हऊ ।’
 

उनले अगाडि लेखेकी छन्, ‘शब्दकोषले तिम्रो नाम संस्कृतबाट लिइएको प्रियंकारा जसको साब्दिक अर्थ मिलनसार, रमाइलो, सबैलाई आफ्नो बनाउन सक्ने, खुशी बनाउन सक्ने, मायालु स्वभाव भएको जुन तिमी साँच्चै छौ भनेपनि तिमी त्यो भन्दा धेरै हऊ । तिमीलाई सायद हेक्का नहोला तिमीले के गरेकी छौ । तिमीले सबै नारीलाई आँट दिएकी छौ, निडर हुन, आफ्नो ढंगले जीवन जिउन, आजका लागि बाँच्न, खुलेर हाँस्न अनि नअघाउने गरी माया गर्न सिकाएकी छौ । तर, तिमी त्यो भन्दा पनि धेरै हऊ ।’
 
प्रियंका बन्न चाहने हरेक महिलाको लागि उनी एक प्रेरणा तथा उदाहरण बनेको अभिनेत्री केकी अधिकारीको भनाई छ । ‘तिम्रो जिन्दगी अझै अर्थपूर्ण हुँदै जाओस् । तिमीलाई मेरो सधैं तिमी जस्तै उज्यालो, उर्जाशील शुभकामना । तिमीले खुशी होइन, खुशीले तिमीलाई सधैं पाइराखोस्,’ उनले आफ्नो शब्दलाई बिट मार्दै ‘उहीँ तिम्री भुन्टी केकु’ भनेर लेखेकी छन् । 
Most Visited News (monthly)