Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुपरहिरो बन्दै प्रभास !

फिल्मीखबर, काठमाण्डौ, 2020/03/01
 
‘बाहुबली’ जस्तो सुपरहिट फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेका सुपरस्टार प्रभासबाट दर्शकहरूको अपेक्षा धेरै बढेको छ । उनको बलिउड डेब्यू फिल्म ‘साहो’ ले बक्सअफिसमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन ।  अब, उनी नयाँ फिल्ममा सुपरहिरो रोलमा देखिने चर्चा छ । साथै, यो फिल्ममा उनको अपोजिटमा बलिउडकी चर्चित अभिनेत्री देखिने प्रवल सम्भावना छ । 
 
भारतीय मिडियाका अनुसार, अभिनेता प्रभास नाग अश्विनको फिल्ममा काम गर्दैछन् । फिल्ममा उनको अपोजिटमा बलिउड अभिनेत्री दीपिका पादुकोण हुन सक्नेछिन् । फिल्ममा प्रभास सुपरहिरोको रोलमा देखिने बताइएको छ । यो फिल्ममा प्रभास अनुबन्ध भइसके पनि बाँकी कलाकार फाइनल भएका छैनन् । फिल्मको कास्टमा अरु पनि ठूला नाम हुनसक्ने सम्भावना छ । 
 
फिल्मको सुटिङको बारेमा कुरा गर्दा, जब प्रभासले आफ्नो वर्तमान प्रतिबद्धताहरू समाप्त गर्नेछन्, तब यो फिल्मको सुटिङ सुरु हुनेछ । फिल्मको निर्माण कम्पनी व्यजयन्ती मूभिजले ट्वीटमा नाग अश्विनको निर्देशनमा प्रभासलाई फिल्मको पर्दामा ल्याउनु गर्वको कुरा रहेको उल्लेख गरेको छ । प्रभासको इमेज अनुरूप निर्देशक नाग अश्विन कमर्शियल कहानी तयार गर्न लागिपरेका छन् । 
 
अहिले अभिनेता प्रभास तेलुगु फिल्म ‘झिल’ फेम निर्देशक राधाकृष्णाको निर्देशनमा बनिरहेको फिल्मको काममा व्यस्त छन् । यसमा उनको जोडी अभिनेत्री पूजा हेगडेसँग बाँधिएको छ । यो फिल्मको छायांकन पूरा भएपछि नाग अश्विनले प्रभाससँगको प्रोजेक्टमा काम सुरु गर्नेछन् । नाग अश्विनले निर्देशन गरेको पछिल्लो फिल्म ‘महानटी’ ले राष्ट्रिय परस्कार समेत जितेको थियो । 
Most Visited News (monthly)