Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजयको दुई फिल्मको पारिश्रमिक १ सय ३० करोड

एजेन्सी, मुम्बई, 2020/03/15
 
साउथ सुपरस्टार थालापति विजय गएको केही समयदेखि विभिन्न कारणले चर्चामा रहेका छन् । फेब्रअरीमा इनकम ट्याक्स डिपार्टमेन्टले उनको घरमा छापा मारेको थियो । दोस्रो पटक पनि इनकम ट्याक्सका व्यक्तिले उनको घरमा छापा मारेका थिए । ‘बिगिल’ का लागि ठूलो रकम लिएर ट्याक्स नतिरेको शंकामा इनकम ट्याक्स डिपार्टमेन्टले उनको घरमा छापा मारेको थियो । 
 
अभिनेता विजयको घरमा सर्च अपरेशन चलाइएको थियो । जाँचको दौरान आयकर अधिकारिकहरुले विशेष खुलासा गरेका छन् । विजयलाई दुई फिल्मका लागि भारतीय १ सय ३० करोड रुपैयाँ पारिश्रमिक स्वरुप मिलेको थियो । जाँचमा विजयलाई यति ठूलो रकम मिले पनि उनले ट्याक्स भने जम्मा गरेको इनकम आयकर विभागका अधिकारिहरुले जानकारी दिएका छन् । 
 
अभिनेता विजयलाई १ सय ३० करोड ‘बिगिल’ र ‘मास्टर’ का लागि मिलेको थियो । उनले ‘बिगिल’ का लागि ५० करोड र ‘मास्टर’ का लागि ८० करोड बुझेका थिए । उनको घरमा छापा कुनै आकास्मिक थिएन । खासमा, उनको पछिल्लो सुपरहिट फिल्म ‘बिगिल’ ले तीन सय करोड छापेको थियो । त्यसबेला आइटी अधिकारिलाई फाइनन्सर अनबूको घरमा ७७ करोड मिलेको थियो । 
 
विजयको कठिनाइ अझै समाप्त भएको छैन । आइटी अधिकारिहरू विजय र उनको परिवारले गरेको लगानीको छानबिन गरिरहेका छन् । विजयले गरेको केही लगानी अहिले प्रश्नको घेरामा छ । अहिले उनी फिल्म ‘मास्टर’ को छायांकनमा व्यस्त छन् । आफ्नो घरमा इनकम ट्याक्सका अधिकारिहरुले छापा मारेपछि उनले केही समयका लागि फिल्मको छायांकन रोकेका थिए ।
Most Visited News (monthly)