Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ अभिनेत्री प्रियंकाले गरिन् इन्गेजमेन्ट

फिल्मीखबर, काठमाडौं, 2020/03/13
 
गत वर्ष प्रदर्शित अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । शुक्रवार काठमाडौंको एक होटलमा उनले प्रेमी सफल अधिकारीसँग औंठी साटेकी हुन् । उनीहरुको इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । उनीहरुको विवाहको मिति भने सार्वजनिक भएको छैन ।
 
अभिनेत्री प्रियंकाका हुनेवाला श्रीमान् इन्जिनियर हुन् । इन्स्टाग्राममा सफल अधिकारीले आफू नासामा काम गर्ने उल्लेख गरेका छन् । प्रियंकाले गएको प्रणय दिवसको दिन इन्स्टाग्राममार्फत् आफू सफलको प्रेममा रहेको खुलासा गरेकी थिइन् । गएको तीन दिनदेखि उनले दैनिक रुपमा आफ्नो इन्स्टामा प्रेमीसँग रोमान्टिक अन्दाजमा खिचिएका तस्विरहरु साझेदार गरिरहेकी छन् । 
 
अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गरेपछि अभिनेत्रीको भाग्य चम्किन्छ भन्ने सोचाइ छ । तर, प्रियंका एमभीको हकमा भने त्यो लागू भएन । फिल्म ‘क्याप्टेन’ मा अनमोलसँग रोमान्स गर्ने अवसर पाए पनि उनले सोचे जस्तो चर्चा पाउन सकिनन् । यो फिल्मपछि उनलाई कुनै फिल्मबाट अफर भएको छैन । फिल्म नै अफर नभएपछि उनले विवाह गर्ने निर्णय लिएकी हुन् ।
 
‘क्याप्टेन’ प्रदर्शनताका निर्माण टिमले प्रचार-प्रसारमा उनलाई राम्रो प्राथमिकता दिएको थियो । तर, फिल्म प्रदर्शनपछि अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको चर्चा भयो । प्रियंकाको अभिनय कमजोर रहेको दर्शक तथा समीक्षकको प्रतिक्रिया थियो । स्मरण रहोस्, अनमोल र प्रियंका एउटै कलेजमा पढेका हुन् । अनमोलकै सिफारिसमा ‘क्याप्टेन’ मा प्रियंका भित्रिएकी थिइन् । 
Most Visited News (monthly)