Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8779 - 8784 of 23761
फिल्मीखबर, काठमाण्डौ, 2019-11-19, मंगलवार

महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘लप्पन छप्पन २’ दुई महिना पछाडि धकलिएको छ । भिएफएक्सको काम नसकिने भएपछि फिल्मको रिलिज डेट पोस्टपोन्ड गर्नु परेको निर्देशक मुकुन्द भट्टले बताए । उनका अनुसार, फिल्मलाई अर्को वर्षको बैशाख ५ गते प्रदर्शन गर्ने तयारी भैरहेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-19, मंगलवार
विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘सेल्फी किङ’ को प्रदर्शन मिति घोषणा गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आउँदो माघ २४ गतेलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको पोस्टरमा फिल्मका अभिनेता विपिन कार्की भिन्न लुक्समा देखिएका छन् । आँखामा गाजल र ओठमा रातो रंगको लिपिस्टिक लगाएका उनको कपाल निकै लामो देख्न सकिन्छ । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-18, सोमवार

कात्तिक २९ गतेबाट पोस्टपोन्ड भएर मंसिर २० मा पुगेको क्राइम-कमेडी जनरामा निर्मित फिल्म ‘माछा माछा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘म्याडम म्याडम’ बोलको आइटम नम्बरमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ठुम्का लगाएका छन् । दुईलाई विजय बराल र अनोज पाण्डेले साथ दिएका छन् । गीतका गायक र संगीतकार अनुपम शर्मा हुन् । 

एजेन्सी, मुम्बई, 2019-11-18, सोमवार

अक्षय कुमार, करीना कपूर, दिलजीत दोसान्झ र कियारा आडवाणी स्टारर फिल्म ‘गुड न्यूज’ को अफिसियल ट्रेल लञ्च भएको छ । आइभिएफ टेक्नोलजीमा आधारित यो फिल्म २७ डिसेम्बरमा रिलिज हुँदैछ । सुपरहिट फिल्म ‘केसरी’ बाट २०१९ को धमाकेदार सुरुवात गरेका अक्षय कुमार वर्षको अन्तिममा दर्शकलाई सानदार ट्रीट दिने तयारीमा छन् । फिल्मको ट्रेलर गजब बनेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-18, सोमवार

अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहेको फिल्म ‘ड्रिम्स’ बाट उदाएकी अभिनेत्री साम्राज्ञी आरएल शाह सोमबारबाट २४ वर्ष पूरा भएर २५ वर्षमा लागेकी छन् । केही वर्षयता ‘नम्बर वान नायिका’ को उपाधिमा रमाइरहेकी उनी पछिल्लो पटक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ मा देखिएकी थिइन् । जुन दशैंमा प्रदर्शनमा आएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2019-11-18, सोमवार

काठमाण्डौ। परमिता आरएल राणा अभिनित नेपाली फिल्म ‘दि कर्मा’ आगामी माघ १७ गते रिलीज हुने भएको छ । यस फिल्मको रिलीज मिति तोक्दै अफिसियल पोस्टर रिलीज भएको छ । प्रचार प्रसारको पहिलो सामग्रीस्वरुप पोस्टर रिलीज गरिएको निर्माता जय राज रायले बताए ।

Results : 8779 - 8784 of 23761
Most Visited News (monthly)