Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकाबाट स्व. केशब भट्टराईको परिवारलाई १० लाख सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2020/03/15

यही चैत्र २ गते चलचित्र बिकास बोर्डको कार्यालयमा एक कार्य्रक्रमका बीच हाल अमेरिकामा रहेका नेपाली कलाकर्मीले स्व. केशब भट्टराईको परिवारको सहयोगार्थ संकलित १० लाख ७ हजार ९ सय ६० रूपैयाँ बरिष्ठ कलाकार नीर शाह ज्यूको हातबाट स्व. भट्टराईकी श्रीमती नीता भट्टराईलाई हस्तान्तरण गरियो ।

 

 

अमेरिका बाहेक बेल्जियम र क्यानाडामा रहेका कलाकर्मीले पनि स्व. भट्टराईको परिवारको सहयोगार्थ रकम सहयोग गरेका थिए। अमेरिकामा बस्दै आएका निर्देशक एवं संचारकर्मी सुरेश दर्पण पोखरेलको संयोजनमा संकलित रकम हस्तान्तरण कार्यक्रममा अभिनय शिरोमणी नीर शाह, चलचित्र बिकास बोर्ड पूर्व अध्यक्ष राजकुमार राई , निर्देशक/ कलाकार दीपाश्री निरौला, निर्देशक एवं संचारकर्मी रमेश पोखरेल, निर्देशक सूर्य बोहोरा, सञ्चारकर्मी प्रकाश सुबेदी, कलाकार नबराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
 
 
Most Visited News (monthly)