Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

वर्षाको योजना : कोरोनाको टेन्सन सकिएपछि चीन घुम्न जाने

फिल्मीखबर, काठमाण्डौ, 2020/03/27
चीनबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा अहिलेसम्म तीन जनामा यसको संक्रमण पुष्टि भैसकेको छ । कोरोनाको प्रकोपबाट बच्न सरकारले एक हप्ताका लागि ‘लकडाउन’ गरेको छ । यो अवधि बढ्न सक्ने सम्भावना प्रवल छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन पाइँदैन । 
 
 
सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेपछि वर्षभरी छायांकनमा व्यस्त रहने नेपाली कलाकारहरु अहिले घरको चार कुनामा खुम्चिएर बस्न बाध्य भएका छन् । ‘सेल्फ क्वारेन्टाइन’ मा कोही फिल्म त कोही पुस्तक पढेर दिन काटिरहेका छन् । घरमा गरेका विभिन्न क्रियाकलापहरु उनीहरुले सामाजिक सञ्जालमा पोस्ट्याइरहेका छन् । 
 
अभिनेत्री वर्षा सिवाकाटी पनि सरकारले ‘लकडाउन’ गरेपछि घरको गेट खोलेर बाहिर समेत निस्किएकी छैनन् । ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुअघि उनी पोखरामा फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । तर, सुटिङ सेट ज्वाइन गरेको केही दिनमै कोरोनाको बढ्दो त्रासका कारण फिल्मको छायांकन रोकियो । यसपछि उनी घरमा परिवारसँग समय विताइरहेकी छन् ।
 
अभिनेत्री सिवाकाटीले घरमा बसेर ‘लकडाउन’ को भरपूर सदुपयोग गरिरहेकी छन् । केही दिनअघि फेसबुकमा आफूले व्यायम गर्दै गरेको एक भिडियो साझेदार गर्दै ‘लकडाउन’ को सदुपयोग गर्न सबैमा अपिल गरेकी थिइन् । यसबीच, शुक्रवार उनले फेसबुकमा आफ्नो एक तस्विर साझेदार गर्दै कोरोनाको टेन्सन सकिएपछि चीन घुम्न जाने योजनामा रहेको उल्लेख गरेकी छन् । 
 

उनले लेखेकी छन्, ‘सोचिराछु । यो कोरोनाको टेन्सन सकियोस् । सात दिन विदा लिएर घरमै रेस्ट गरुँ । अनि भ्याकेसनका लागि चाइना घुम्न जानु पर्ला ।’ कोरोनाका कारण वर्षा कति तनावमा छिन् भन्ने कुरा उनले लेखेको यो स्टाटसबाट बुझ्न सकिन्छ । कोरोनालाई चीनले जन्म दिएका कारण अभिनेत्री वर्षा सिवाकोटीले यसको तनाव चीनमै गएर भुल्ने योजना बनाएकी हुन सक्छिन् ।
Most Visited News (monthly)