Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘लकडाउन’ बाट बलिउडलाई २ हजार करोड नोक्सान

एजेन्सी, मुम्बई, 2020/03/27
 
चीनबाट विश्वभर डरलाग्दो रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बलिउड इन्डस्ट्री अस्तव्यस्त भएको छ । यो हालत सामान्य हुँदासम्म इन्डस्ट्रीलाई दुई हजार करोड (भारतीय रुपैयाँ) नोक्सान हुने अनुमान गरिएको छ । यो पनि पक्का छ कि यो वर्षको इदमा सलमान खान, अक्षय कुमार र रणवीर सिंह जस्ता बलिउडका ठूला स्टारका फिल्म पनि प्रदर्शन हुने छैनन् । 
 
फिल्म ‘राधे’ को निर्माणसँग जोडिएका तथा सलमानका म्यानेजर जर्डी पटेलले भनेका छन्, ‘अहिले फिल्मको विषयमा कुनै छलफल भएको छैन । १४ अप्रिलसम्म लकडाउन छ । यो अवधि लम्बिने छ वा छैन त्यसको निश्चित छैन । हलिउडका फिल्मसँग हामी कम्पेयर गर्न सक्दैनौं । प्यानोरमा स्टूडियो र यूनिभर्सल स्टूडियोसँग हाम्रो फिल्म एक वर्षसम्म होल्ड गर्न सक्ने तागत छ ।’  
 
उनले अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले थपे- ‘हामीलाई त अहिले यो हेर्नु छ कि सिनेमा हल कहिले खुल्नेछ । मेरो हिसाबमा त कुनै पनि फिल्म इदमा रिलिज हुन सक्दैनन् । कोरोनाको संकट टरे पनि स्थिति सामान्य हुन समय लाग्नेछ ।’ प्रभु देवा निर्देशित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ लाई यस वर्षको इदमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । 
 
ट्रेड एनालिस्ट अतुल मोहन भन्छन्, ‘लकडाउनपछि पनि तत्काल अवस्था सामान्य हुनेछैन । चीनमा लकडाउन सकिएको एक महिनापछि हलहरु खुल्न थालेका हुन्, तर अझैसम्म हलमा दर्शक छैनन् । यसरी हेर्दा जूनसम्म बलिउडलाई कूल दुई हजार करोड नोक्सान हुनेछ । विदेशमा सिनेमा घर बन्द भएका कारण ओभरसिज विना मेकर फिल्म रिलिज गर्ने जोखिम उठाउँदैनन् ।’
Most Visited News (monthly)