Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘लकडाउन’ मा ‘वान सिनेमाज’ को टिकटक प्रतियोगिता

फिल्मीखबर, काठमाण्डौ, 2020/04/12
 
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले तीन हप्ता लामो ‘लकडाउन’ को घोषणा गरेपछि काठमाडौंको बानेश्वरमा रहेको स्तरीय मल्टीप्लेक्स हल ‘वान सिनेमाज’ ले टिकटक प्रतियोगिताको घोषणा गरेको छ । टिकटकको क्रेज र ‘लकडाउन’ को समयमा घरभित्रै बसेर दिक्दार भएका दर्शकलाई लक्षित गर्दै ‘वान सिनेमाज’ ले टिकटक प्रतियोगिता आयोजना गरेको हो ।
 
यस टिकटक प्रतियोगितामा भाग लिन इच्छुकले कुनै पनि फिल्मको एउटा संवादमा भिडियो बनाउनु पर्नेछ र उक्त भिडियोलाई ‘वान सिनेमाज’ को फेसबुक पेजमा गरिएको पोष्टमा गएर कमेन्ट गर्नुपर्नेछ । कमेन्ट गर्दा ह्यासट्यागमा #onecinemas #thereisadifference #onecinemastiktokchallenge लेख्नुपर्ने ‘वान सिनेमाज’ को फेसबुक पेजमा उल्लेख छ ।
 
यही अप्रिलको २० सम्ममा भिडियो पोष्ट गरिसक्नु पर्ने हल सञ्चालक प्रज्वल शम्शेर राणाले जानकारी दिए । पोष्ट गरिएको भिडियोमध्ये सबैभन्दा धेरै लाइक्स र प्रतिक्रिया पाएको भिडियालाई पुरस्कार प्रदान गरिने बताइएको छ । विजेताका लागि लकडाउनपछि एक शो बुक गरिने र त्यसमा टिकटक प्रतियोगिताका विजेता र उसको परिवारले फिल्म हेर्ने मौका पाउनेछन् ।
 
त्यस्तै, आइप्लेक्स मलले ‘क्वारेन्टाइन बिंगो’ अफर घोषणा गरेको छ । यस अफरबाट पनि फिल्म हेर्ने मौका प्राप्त गर्न सकिनेछ । आइप्लेक्स मलको फेसबुक पोष्टमा राखिएको फोटो सेभ गरेर त्यसमा आफूले लकडाउनको समयमा गरेका कामहरुमा चिन्ह लगाएर कमेन्टमा पोष्ट गर्नेमध्ये उत्कृष्ट तीनलाई छानेर ‘वान सिनेमाज’ मा फिल्म देखाइनेछ । साथै गिफ्ट भौचर पनि पाउनेछन् ।
Most Visited News (monthly)