Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामा रहेकी सिपोरालाई असुरक्षित अनुभूति

फिल्मीखबर, काठमाण्डौ, 2020/04/12
अभिनेत्री तथा भलिबल खेलाडी सिपोरा गुरुङ यतिबेला चर्चाको केन्द्रमा छिन् । अभिनेत्री आँचल शर्माका श्रीमान् उदिप श्रेष्ठसँग अमेरिकामा रहँदा उनी प्रेम सम्बन्धमा रहेको कुरालाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ । युट्युबमा सिपोरा र उदिपको विषयमा सयौंको संख्यामा भिडियो बनेका छन् । उनीहरु प्रेममा रहँदाका तस्विरहरु पनि अहिले सार्वजनिक भैरहेका छन् । 
 
 
फिल्म ‘भूईंमान्छे’ प्रदर्शनको समयमा अभिनेत्री सिपोराले आफू विगत २ वर्षदेखि उदिपको प्रेममा रहेको र २०७४ सालको मंसिरमा विवाह गर्ने तयारी भैरहेको बताएकी थिइन् । तर, उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सकेन । अभिनेत्री आँचल शर्मासँग विवाह गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सिपोरालाई धोका दिएको भन्दै उदिप श्रेष्ठलाई गालीगलोच गरिरहेका छन् ।
 
यद्यपि, यस विषयमा उदिप र सिपोरा दुवै मौन छ । यसबीच, अध्ययनका लागि अमेरिकामा बस्दै आइरहेकी सिपोराले शक्तिशाली देशमा भएर पनि कोरोना भाइरसका कारण असुरक्षित अनुभूति गर्नु परेको इन्स्टाग्राममा उल्लेख गरेकी छन् । अहिले कोरोनाले नदुखेको ठाउँ संसारमा नभएको भन्दै उनले नयाँ वर्षसँगै कोरोनाको कहर सधैंका लागि दूर हुने विश्वास व्यक्त गरेकी छन् ।
 
उनी लेख्छिन्, ‘नयाँ वर्षको शुभकामना । कोरोनाले नदुखेको ठाउँ संसारमा सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित अनुभूति गर्नु आफैँमा विडम्बना हो । प्राकृतिक शक्तिका सामु मानव निर्मित शक्तिको केही चल्दो रहेनछ । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षका लागि जुटौँ । व्यक्तिगत स्वार्थबाट उठेर सिंगो मानव-सभ्यताको रक्षाका लागि लागौँ ।’
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

नयाँ वर्षको शुभकामना कोरोनाले नदुखेको ठाउँ संसारमा सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित अनुभूति गर्नु आफैँमा बिडम्बना हो । प्राकृतिक शक्तिका सामु मानव निर्मित शक्तिको केही चल्दो रहेनछ । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षका लागि जुटौँ । व्यक्तिगत स्वार्थबाट उठेर सिङ्गो मानव-सभ्यताको रक्षाका लागि लागौँ । हरेक विपत्तिहरूले एउटा न एउटा पाठ सिकाएर जान्छ । हामीले हाम्रो प्राचीन सभ्यतालाई भित्रैबाट स्पर्श गर्ने समय आएको छ । चिन्तालाई छाडेर संसारको हीत हुने चिन्तनमा लागौँ । नयाँ वर्ष २०७७ सँगै विश्वबाट कोरोना कहर सधैँको लागि दूर होओस् । सबै नेपाली आमाबुबा, दाजुभाइ-दिदीबहिनीहरूसँगै विश्वमानव समुदायमा शान्ति, समृद्धि र स्वस्थ जीवनको शतत् शुभकामना व्यक्त गर्दछु !!!

A post shared by Made in Nepal 🇳🇵 (@siporagurung) on

हरेक विपत्तिहरुले एउटा न एउटा पाठ सिकाएर जाने उनको भनाई छ । सिपोरा अगाडि लेख्छिन्, ‘हामीले हाम्रो प्राचिन सभ्यतालाई भित्रैबाट स्पर्श गर्ने समय आएको छ । चिन्तालाई छाडेर संसारको हित हुने चिन्तनमा लागौँ । नयाँ वर्ष २०७७ सँगै विश्वबाट कोरोना कहर सधैँको लागि दूर होओस् ।’ फिल्म ‘भूईंमान्छे’ पछि सिपोरा गुरुङ काँचको पर्दामा देखिएकी छैनन् । 
Most Visited News (monthly)