Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘जय शम्भु’ बाट शिल्पाको भोजपुरीमा डेब्यू (टिजर)

फिल्मीखबर, काठमाण्डौ, 2020/04/11
 
नेपालमा निर्माण र प्रदर्शन भइसकेको फिल्म ‘जय शम्भु’ नाममा भोजपुरीमा पनि फिल्म निर्माण भएको छ । सोनु खत्रीको निर्माण र निर्देशन रहेको फिल्मबाट नेपाली अभिनेत्री शिल्पा पोखरेलले भोजपुरीमा डेब्यू गरेकी छन् । शनिवार सार्वजनिक भएको फिल्मको एक्सन प्याक्ड टिजरमा उनलाई पनि स्थान दिइएको छ । यो फिल्मको अधिकांश छायांकन नेपालमा भएको हो ।
 
फिल्म ‘जय शम्भु’ मा अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग रोमान्स गरेकी छन् । यस वर्षको साउनमा आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहको मुद्धा चलिरहेको समयमा शिल्पाले यो फिल्मको छायांकन गरिरहेकी थिइन् । उनले आफ्नो डेब्यू भोजपुरी फिल्मलाई लिएर उत्साहित रहेको फेसबुकमा टिजर साझेदार गर्दै बताएका छन् ।
 
फिल्ममा ध्रव कोइराला, कालु रानालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई नेपाली छायाँकार हरि लामाले खिचेका हुन् । त्यस्तै, ‘जय शम्भु’ मा नेपाली फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठको एक्सन, समिर मियाको भिएफएक्स, ओम सुनारको ब्याकग्राउण्ड र रमेश बोगटीको कथा छ । टिजर सार्वजनिक भए पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)