Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कवि’ रीमा !

फिल्मीखबर, काठमाण्डौ, 2020/06/07
 
कोरोना भाइरसका कारण देश लकडाउन भएपछि आम सर्वसाधारणझैँ सेलिब्रेटीहरुको दैनिकी पनि घरभित्रै वितिरहेको छ । लकडाउनअघि विरलै घर बस्न पाएका कलाकारहरु २ महिनादेखि घरभित्रै नजरबन्द हुनुपर्दा वाक्कदिक्क भएका छन् । कति लकडाउनको समयलाई सदुपयोग गर्दै भान्सा झिरेर पाककला सिकिरहेका छन् भने कतिले सामाजिक कार्य पनि गरिरहेका छन् ।
 
अभिनेत्री तथा उद्घोषिका रीमा विश्वकर्माले पनि लकडाउनको समयमा कालो चिया बनाउन सिकिन् । गएको महिना सामाजिक सञ्जालमा आफ्ना एक प्रशंसकको जिज्ञासाको जवाफ दिँदै उनले लकडाउनमा आफूले कालो चिया बनाउन सिकेकोमा खुसी व्यक्त गरेकी थिइन् । यो कुराले केही साता उनी चर्चामा रहिन् । उनीविरुद्ध ट्रोल बनाउने र व्यंग्य गर्नेहरूको कमी भएन ।
 
केही दिनयता जाजरकोट घटनाको बारेमा सामाजिक सञ्जालमा आफ्नो भनाई राखिरहेकी अभिनेत्री रीमाले आइतवार इन्स्टाग्राम स्टोरीमा आफैंले लेखेको एक कविता साझेदार गरेकी छन् । ‘आइतवार’ नाम दिइएको कवितामा प्रेमीसँग आइतवार भेट्ने वाचा गरेपछि युवतीको मनमा खेलेका कुरा व्यक्त गरिएको छ । कवितामा रीमाले सरल र मिठासपूर्ण शब्द चयन गरेकी छन् । 
 
 
उनले लकडाउनको समय सदुपयोग गर्दै लेखेको कवितालाई धेरैले मन पराएका छन् । तर, उनले पहिलो पटक कविता लेखेकी भने होइनन् । उनी समय-समयमा सामाजिक सञ्जालमा कविताहरु लेखिरहेकी हुन्छिन् । साहित्यको सशक्त विधा मानिने कविता लेखनप्रति रीमाको रुचि हेर्दा उनले कलाकार र उद्घोषिका हुँदै ‘कवि’ को रुपमा पनि आफूलाई चिनाउन चाहेको देखिन्छ ।
Most Visited News (monthly)