Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘जानी नजानी’ अभिनेत्री निरिषालाई कोरोना संक्रमण

फिल्मीखबर, काठमाण्डौ, 2020/06/09
 
नेपाली फिल्मकी अभिनेत्री निरिषा बस्नेतमा कोरोना संक्रमण देखिएको छ । बलिउड प्रवेशका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर संघर्षरत उनले छाति दुख्न थालेपछि कोरोनाको परिक्षण गराएकी थिइन् । पीसीआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनले इन्स्टाग्राममार्फत् आफूमा कोरोना देखिएको र चिकित्सकको निगरानीमा रहेको बताएकी छन् । 
 
उनले आफू चाँडै निको भएर घर फर्किने विश्वास व्यक्त गरेकी छन् । अभिनेत्री निरिषा अभिनीत पहिलो नेपाली फिल्म ‘जानी नजानी’ गत वर्ष प्रदर्शनमा आएको थियो । यो फिल्म गर्नका लागि उनी मुम्बईबाट नेपाल आएकी थिइन् । फिल्म बक्सअफिसमा असफल भए पनि दर्शक तथा समीक्षकले उनको अभिनय रुचाएका थिए । यो फिल्म प्रदर्शनलगत्तै उनी मुम्बई हानिएकी थिइन् । 
 
निरिषाका पिता विश्व बस्नेत पनि कलाकार हुन् । पिताकै पदचाप पछ्याउँदै अभिनयमा होमिएकी उनले केही भारतीय सिरियलमा अभिनय पनि गरेकी छन् । ‘चन्द्र नन्दिनी’ नामक सिरियलमा उनले मुख्य भूमिका निभाएकी थिइन् । उनले आफूमा कोरोनाको संक्रमण देखिएको बताएपछि सामाजिक सञ्जालमा फिल्मकर्मी र शुभचिन्तकहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

- 8th June : #covid19 #positive

A post shared by Nirisha Basnett🌟 (@nirisha_basnett) on

Most Visited News (monthly)