Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

इन्जिनियरिङ अधुरै छाडेर फिल्ममा आएका थिए सुशान्त, पढाईमा थिए अब्बल

एजेन्सी, मुम्बई, 2020/06/14
 
बलिउड सुपरस्टार सुशान्त सिंह राजपूतको सुसाइडको खबरले सबैलाई ठूलो झट्का दिएको छ । उनको परिवार, साथीसंगी र बलिउड शोकमा छ । सुशान्तको आत्महत्याको जानकारी उनको घरमा काम गर्ने नोकरले दिएका थिए । अब पुलिस उनले आत्महत्या गर्नुको कारणबारे जाँच गरिरहेको छ । उनी मुम्बईमा रहेको आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका थिए । 
 
सुशान्तले बलिउडमा आफूलाई अब्बल अभिनेताको रुपमा स्थापित गरिसकेका थिए । उनी अभिनयसँगै अध्ययनको क्षेत्रमा पनि अब्बल थिए । सेन्ट क्यारन हाई स्कूल र नयाँ दिल्लीको हंसराज मोडल स्कूलबाट आफ्नो स्कूलिङ पूरा गरेका उनी १२ पछि भने इन्जिनियरिङ लाइनमा लागे । उनले दिल्ली कलेज अफ इन्जिनियरिङमा मेकानिकल इन्जिनियरिङको अध्ययन गरेका थिए । 
 
सुशान्त पढाईमा होनहार थिए । उनले एक अन्तर्वार्तामा बताएका थिए कि दिल्ली कलेज अफ इन्जिनियरिङको इन्ट्रान्स परिक्षामा ७औं स्थान मिलेको थियो । तर, तीन वर्षसम्म इन्जिनियरिङ गरेपछि यसलाई आधामै छाडेका उनी आफ्नो सपना पूरा गर्न मुम्बई हानिए । वर्ष २००८ मा ‘किस देश में है मेरा दिल’ सिरियलका लागि छनोट गरेपछि उनको नयाँ सफर सुरु भएको थियो । 
 
यसपछि उनले ‘पवित्र रिश्ता’ सिरियलमा काम गरे । यो सिरियलले उनलाई ठूलो ख्याती दिलाएको थियो । ‘काई पो छे से’ फिल्मबाट बलिउडमा ब्रेक पाएका उनले ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’, ‘छिछोरे’, ‘केदारनाथ’, ‘राबता’ र ‘ड्राइभ’ जस्ता फिल्ममा काम गरेका छन् । उनी अभिनीत फिल्म ‘धोनी’ ले बक्सअफिसमा २ सय करोडभन्दा बढी कमाएको थियो । 
Most Visited News (monthly)