मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलीउड एक्टर शुशान्त सिंह राजपुतद्वारा आत्महत्या

एजेन्सी, मुम्बई, 2020/06/14
बलीउड कलाकार शुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतिय मिडियामा प्रकाशित खबरअनुसार ३४ बर्षिय उनले मुम्बइको बान्द्रास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।
 
राजपूतले आफ्नै घरमा फाँसी लगाएर ज्यान दिएका हुन् । उनको कोठाको ढोका तोडेर हेर्दा उनि झुन्डिएको अवस्थामा रहेको बताइएको छ । भारतिय प्रहरीका अनुसार उनि केहि महिना अघिदेखी डिप्रेशनको सिकार भएका थिए । 
 
 
सुशान्त बलीउडका निकै लोकप्रिय कलाकार थिए । उनले आफ्नो करियरको शुरुवात टेलिभिजन कलाकारको रुपमा गरेका थिए । उनको पहिलो अभिनय 'किस देश में है मेरा दिल' नामक धारावाहिकमा थियो । तर उनले एकता कपूरको धारावाहिक ‘पवित्र रिश्ता’बाट चर्चा कमाएका थिए । यसपछि उनको फिल्म यात्रा शुरु भएको थियो । उनि केहि फिल्ममा प्रमूख भूमिकामा अभिनय गरी तारिफ पाएका थिए ।
 
फिल्म ‘शुद्ध देसी रोमान्स’मा उनि वाणी कपूर र परिणीति चोपडाको साथमा देखिएका थिए । उनले सबैभन्दा बढि फिल्मी चर्चा भने भारतीय क्रिकेट टीमका पूर्व कप्तान एम.एस. धोनीको बायोपिक फिल्ममा धोनीको चरित्र निभाएर पाएका थिए । नीरज पाण्डेद्वारा निर्देशित एम.एस. धोनीको बायोपिक सुशान्तको करियरको पहिलो फिल्म थियो जसले सय करोडको कलेक्शन गरेको थियो ।
 
यसका अलावा उनले फिल्म ‘सोनचिडिया’ र ‘छिछोरे’ जस्ता फिल्ममा उनि देखिएका थिए । उनको अन्तिम फिल्म केदारनाथ हो जसमा उनि सारा अली खानको साथमा देखिएका थिए । सुशान्तको आगामी फिल्म ‘किजी और मैनी’ हो, जसको केहि समय पहिले फर्स्ट लुक आएको थियो ।