Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

सफल दौडको तयारी गर्दै अनमोल

फिल्मीखबर, काठमाडौं, 2020/06/23
 
कोभिड १९ का कारण तीन महिनादेखि जारी लकडाउन अहिले लुजडाउनमा परिणत भएको छ । तर, कोरोनाको भयले अझै मानिसहरु निर्भिक रुपमा घरभन्दा बाहिर निस्कन सकेका छैनन् । अभिनेता अनमोल केसी पनि गएको तीन महिनादेखि घरभित्रै सीमित छन् । यद्यपि, उनी हप्तामा एक-दुईपटक बुढानिलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा पूजाआजा गर्न पुग्ने गर्दछन् । 
 
लकडाउनअघि उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । यसपछि फिल्म ‘पारस’ का लागि समय दिने उनको सोच थियो । तर, कोरोनाले सबै योजना भताभुङ्ग बनायो । लकडाउनपछि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकियो । अब, लकडाउन खुलेपछि उनले यो फिल्मको बाँकी छायांकन सक्नेछन् । यसमा उनको जोडी सुहाना थापासँग बाँधिएको छ । 
 
कोरोनाका कारण जारी लकडाउनले अधिकांश कलाकारको जीवनचर्या फेरिएको छ । तर, अनमोलको दिनचर्यामा भने कुनै परिवर्तन आएको छैन । अन्य समयमा पनि घरभन्दा बाहिर कमै निस्कने उनी लकडाउनको समयमा भागवत गीता पढेर र म्यूजिक सुनेर दिन काटिरहेका छन् । केही समय आफूले पालेको कुकुरसँग खेल्ने गरेका उनी फिल्म हेरेर पनि दिन काट्ने गर्दछन् ।
 

उनै, अनमोलले सोमवार फेसबुकमा बाइकमाथि चढेको आफ्नो एक तस्विर पोस्ट्याउँदै ‘तयारी नै सफल दौडको चाँबी’ रहेको उल्लेख गरेका छन् । उनको यो भनाईबाट बुझ्न सकिन्छ कि उनी सफल दौडका लागि तयारी गरिरहेका छन् । हुनत, उनी अहिलेका नेपाली फिल्मका सबैभन्दा सफल अभिनेतामा गनिन्छन् । यद्यपि, उनको अभिनयको भने आलोचना हुने गरेको छ । 
Most Visited News (monthly)