Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 5.00/5.00)
Text size:-
+
-

ऋचाले सार्वजनिक गरिन् ‘चलचित्र टिभी’ एप

फिल्मीखबर, काठमाण्डौ, 2020/06/24
कोरोना भाइरसका कारण विश्व फिल्म बजार तहसनहस भएको छ । विगत चार महिनादेखि विश्वका अधिकांश मुलुकमा फिल्म निर्माण र प्रदर्शन ठप्प छ । लाखौं सिनेमा हल बन्द छन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै टुंगो छैन । सिनेमा हल बन्द हुँदा अहिले विश्वमा डिजिटल प्लेटफर्ममा फिल्म हेर्ने दर्शक बढेका छन् । नेपालमा पनि धेरैको यसतर्फ आकर्षण बढेको छ । 
 
 
बलिउडमा सानो लगानीमा बनेका फिल्महरु डिटिजल प्लेटफर्ममा रिलिज भइरहँदा नेपाली निर्माताहरुले पनि हलको विकल्प खोज्न थालेका छन् । हल खुल्ने निश्चित नभएका कारण सानो बजेटमा बनेका फिल्मलाई टिभी वा अन्य एपमार्फत् सार्वजनिक गर्न थालिएको छ । ‘कोपिला’ र ‘हिरो रिर्टन्स’ यसका उदाहरण हुन् । यी दुवै फिल्म हलभन्दा अगाडि टिभीमा रिलिज भए ।
 
राम्रो रकम हात पर्ने भएका कारण पनि निर्माताहरुले डिटिजल प्लेटफर्म रोज्न थालेका हुन् । हलमा प्रदर्शन नभएको र यूट्यबमा सार्वजनिक नभएको फिल्म घरमै बसेर सीमित पैसामा हेर्न पाइने हुँदा दर्शकहरुको पनि यसतर्फ रुची बढेको छ । डिजिटल प्लेटफर्म हलको विकल्प बन्न थालेपछि अभिनेत्री ऋचा शर्माले सीमित पैसामा फिल्म हेर्न मिल्ने एक एप ल्याएकी छन् । 
 
‘चलचित्र टिभी’ नाम दिइएको एप बुधवारबाट सार्वजनिक गरिएको छ । केही दिनपछि मात्र एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने यो एपमा नयाँ तथा पुराना नेपाली फिल्महरु हेर्न पाइनेछ । विदेशमा बस्ने नेपालीहरुको नयाँ नेपाली फिल्म हेर्ने चाहनालाई परिपूर्ती गर्न यो एप ल्याउन लागिएको हो । अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर ऋचाले यो एप सार्वजनिक गर्न लागेकी हुन् ।
 
 
‘चलचित्र टिभी’ एपका लागि ऋचाको समुहले दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको दुई फिल्म ‘छ माया छपक्कै र छक्का पन्जा ३’ १०/१० लाखमा खरिद गरेको छ । यो रकम उठेपछि दुई समुहबीच शेयर बाँडफाँड हुनेछ । फिल्म राम्रो बनाएर ब्रान्डिङ गर्न सकेको खण्डमा नेपाली निर्माताका लागि यो एप आम्दानीको नयाँ स्रोत बन्न सक्ने धेरैको विश्वास छ । 
Most Visited News (monthly)