Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8569 - 8574 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2020-02-27, बिहिवार

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले २ वर्ष लामो प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गरेका छन् । उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन् । अदालतमा एकअर्कालाई माला लगाएर उनीहरु कानुनी रुपमा श्रीमान्-श्रीमती बनेका हुन् । प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-27, बिहिवार

गत वर्ष अभिनेत्री बेनिशा हमाल बहुपति प्रथामा बन्न लागेको फिल्म ‘टुल्की’ मा अनुबन्ध भएकी थिइन् । तर, साइन गरेको लामो समयसम्म पनि छायांकन सुरु नभएपछि उनले फिल्मबाट हात झिकेकी छन् । निर्देशक लक्ष्मण सुनारले काम व्यस्तताका कारण बेनिशाले फिल्म गर्न नसकेको जानकारी दिए । अब, उनको ठाउँमा निर्माण टिमले अडिसनमार्फत् अभिनेत्री खोज्ने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-27, बिहिवार

कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदारी गरेको फिल्म ‘सेन्टी भाइरस’ ले भोली शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गर्दैछ । तीन दिने विकेन्डमा तीन करोडको हाराहारीमा व्यापार गरेको फिल्मको सोमबारबाट कमाईमा केही गिरावट आए पनि कमजोर भने छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-27, बिहिवार

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको कलाकार बुद्धि तामाङ अभिनीत फिल्म ‘धुलो’ ले बुधवार क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रमका बीच लामो रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गरेको छ । ठमेल, क्षेत्रपाटी क्षेत्रमा रिक्सा चलाउँदै आएका हिरालाल तामाङ र बलबहादुर श्रेष्ठलाई फिल्मको टिमले सम्मान गरेको हो । 

फिल्मीखबर, काठमाडौं, 2020-02-27, बिहिवार

‘पशुपति प्रसाद’ जस्तो फिल्म बनाएर दर्शकको विश्वास जितेका दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ ले अहिले दर्शक रुवाइरहेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मको व्यापार दिनप्रतिदिन उकालो लाग्दै गएको छ भने दर्शकबाट लोभलाग्दो प्रतिक्रिया मिलेको छ । समीक्षकले पनि फिल्मलाई उत्कृष्ट भनेका छन् । फिल्म हेरेका प्रायः दर्शक भावुक हुँदै फर्किएका छन् । 

एजेन्सी, मुम्बई, 2020-02-26, बुधवार

२०२० को ठूलो एडभेन्चर ड्रामा फिल्म ‘हाथी मेरे साथी’ मा अभिनेता राणा दग्गुबाती मुख्य भूमिका छन् । इरोस इन्टरनेसनल प्रोडक्शनले राणालाई तमिलमा ‘कदान’ र विष्णु विशालसँगै तेलुगुमा ‘अरण्या’ का मुख्य अभिनेताको रूपमा प्रस्तुत गरेको छ । त्यस्तै, हिन्दी फिल्म ‘हाथी मेरे साथी’ मा पुलकित सम्राटसँगै श्रिया पिलगांवकर र जोया हुसेन विशेष भूमिकामा देखिनेछन् । 

Results : 8569 - 8574 of 24024
Most Visited News (monthly)