Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

टिकटकले मेटाउँदै सुमिनाको अभिनयको भोक

फिल्मीखबर, काठमाण्डौ, 2020/06/24
 
पछिल्लो समय टिकटक निकै लोकप्रिय बन्दै गएको छ । यसले हरेक उमेर समुहका व्यक्तिको मन जितेको छ । घरमै मोबाइलबाट आफ्नो अभिनय क्षमता प्रस्तुत गर्न सहज भएकाले यसले व्यापकता लिएको हो । सर्वसाधारणझैँ नेपाली सेलिब्रेटीमाझ पनि टिकटकको क्रेज कम छैन । अभिनेत्री करिश्मा मानन्धरदेखि साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मको टिकटक एकाउन्ट छ । 
 
यसले कलाकारलाई सस्तो बनाएको टिप्पणी पहिल्यैदेखि हुँदै आएको छ । तर, कसैलाई यसको प्रवाह छैन । कोरोना भाइरसका कारण जारी लकडाउनको समयमा भने टिकटकले उनीहरुलाई दिन काट्न थप सहज बनाएको छ । अभिनयको तलतल पनि मेटाएको छ । फिल्म अभिनयबाट सन्यास लिएकी अभिनेत्री सुमिना घिमिरेले पनि अब टिकटकमा अभिनय गर्न थालेकी छन् । 
 
रोशन सापकोटासँग विवाह गरेपछि फिल्म अभिनय पूर्ण रुपमा छाडेकी उनलाई वर्षौंपछि अभिनयको तलतल सुरु हुन थालेको छ । एक समय फिल्ममा भ्याइनभ्याइ हुने गरेकी उनले अब टिकटकबाट अभिनयको प्यास भेटाउँदैछिन् । मंगलवार उनले ‘रातो चुरा रातै टिकी’ बोलको गीतमा लिप्सिङ गरेर अभिनय गरेकी छन् । उनले यो भिडियो श्रीमानका लागि समर्पित गरेकी छन् । 
 
‘दुलही’, ‘भीमदत्त’, ‘अप्रिल फूल’, ‘तिम्रो लागि’, ‘डार्लिङ’ लगायत एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री सुमिना घिमिरेले टिकटकमा छोरी रायनाको नामबाट एकाउन्ट खोलेकी छन् । छोरीको आमा भएपछि निकै मोटाएकी उनको अन्तिम फिल्म ‘भीमदत्त’ हो । फिल्म अभिनयबाट टाढा भए पनि अब टिकटकले उनको अभिनयको भोक मेटाउन थालेको छ । 
@rayanasapkota6969

Budu ❤️❤️❤️❤️

♬ original sound - 💫AMU GRG SHAH💫
Most Visited News (monthly)