Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 5.00/5.00)
Text size:-
+
-

टिकटकमा पोखिएको अनु र सविनको प्रेम

फिल्मीखबर, काठमाडौं, 2020/06/25
 
सेलिब्रेटीहरु सकेसम्म प्रेम सम्बन्ध लुकाउन चाहन्छन् । यसले करिअरलाई असर गर्ने सोचाइका कारण उनीहरु प्रेम सम्बन्ध गोप्य राख्नु निको ठान्छन् । कतिलाई भने यी कुनै कुराको प्रवाह हुँदैन । ती जोडी एकअर्काप्रति प्रेम अभिव्यक्त गर्न कुनै माध्यम बाँकी राख्दैनन् । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह यसका उदाहरण हुन् । खुल्लम खुल्लम प्रेममा रमाएको जोडी हो यो । 
 
उनीहरु विगत लामो समयदेखि एकअर्काको प्रेममा छन् । यी दुईले एकसाथ ‘लक्ष्य’ र ‘आधी बाटो’ नामक फिल्ममा पनि काम गरेका छन् । फिल्म ‘आधी बाटो’ को सेटबाट उनीहरुबीच प्रेम अंकुराएको बताइन्छ । गएको दुई वर्ष अगाडि यो जोडीले काठमाडौं जिल्ला अदालतमा पुगेर कागजी विवाह गरेको खबर समेत बाहिरिएको थियो । यद्यपि, दुवैले यसको खण्डन गरे । 
 
अभिनेत्री अनु सामाजिक सञ्जालमा सविनप्रति प्रेमभाव व्यक्त गरिरहेकी हुन्छिन् । बुधवार उनले सविनसँग ‘मलाई लुकिछिपी भए पनि’ बोलेको गीतमा एक टिकटक बनाएकी छन् । ‘आइ लभ यू’ भन्दै अनुले पोस्ट गरेको टिकटक भिडियोमा सविन गाडी चलाइरहेका छन् । टिकटक क्रेजी अनुले यसअघि पनि सविनसँग केही टिकटक बनाएकी छन्, जुन दर्शकले खुबै रुचाएका छन् ।
@anushah2

I love you❤️😘

♬ original sound - sandeepadhikari4
सुविन र अनु पछिल्लो समय फिल्म अभिनयबाट टाढाझैं भएका छन् । यी दुईले फिल्ममा काम नगरेको लामो समय भइसकेको छ । सविन अचेल आफ्नो व्यवसायलाई बढी समय दिइरहेका छन् । अनु भने फाट्टफुट्ट म्यूजिक भिडियोमा अभिनय गरिरहेकी हुन्छिन् । लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरु लगनगाँठो चाहिँ कहिले कस्छन् ? सबैलाई चासो छ । 
Most Visited News (monthly)