Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

स्वस्तिमालाई फ्यानको व्यंग्य- ‘कसैलाई शरीर गलेको पनि मिस हुँदो रैछ’

फिल्मीखबर, काठमाडौं, 2020/06/25
 
लकडाउनको समयमा नेपाली कलाकारहरुले सबैभन्दा बढी मिस के गरिरहेका होलान् ? यो कुरा जो कोहीले अनुमान गर्न सक्छ । उनीहरुलाई फिल्म वा म्यूजिक भिडियोको सेटमा विताएका पल सबैभन्दा धेरै याद आइरहेको छ । फेरि पहिलेझैँ कहिलेबाट एक्सन कटमा रमाउन पाइएला भनेर उनीहरु पर्खेर बसेका छन् । तर, लकडाउन पूर्ण रुपमा नखुलेसम्म यो सम्भव छैन । 
 
तीन महिनादेखि घरभित्रै सीमित हुनु पर्दा अभिनेत्री स्वस्तिमा खड्कालाई पनि सुटिङमा विताएका दिनहरु याद आइरहेको छ । लकडाउनअघि केही फिल्म साइन गरेर बसेकी उनले बुधवार आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा एक तस्विर शेयर गरेकी छन्, जसमा उनी थकित मुद्रामा विछ्यौनामा पल्टिएकी छन् । उनले आफूलाई थकित दिन याद आएको उल्लेख गरेकी छन् ।
 
स्वस्तिमाको यो पोस्टमा एक इन्स्टा प्रयोगकर्ताले उनीमाथि व्यांग्य गर्दै लेखेका छन्, ‘खोइ कसलाई के चटक, कसलाई के चटक ! अब कसैलाई शरीर गलेको पनि मिस हुँदो रैछ । हामी सोझा-साझा र साधारण मान्छेले पोस्ट देखेसी ट्वा बाहेक अरु के पर्नु र ।’ धेरैले भने उनलाई ‘सुन्दरी’ भन्दै तारिफको पुल बाँधेका छन् । तस्विरमा उनलाई विछ्यौनामा निदाइरहेको देख्न सकिन्छ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

I miss being tired 🙄

A post shared by Swastima Khadka (@swastimakhadka) on

दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा गरेको उम्दा अभिनयले उनलाई अब्बल अभिनेत्रीको कोटीमा उभ्याएको छ । स्वस्तिमाको गत वर्षको चैत २८ गते फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आउँदै थियो । तर, कोरोनाका कारण लकडाउन भएपछि फिल्मको प्रदर्शन स्थगन भयो । उनी पछिल्लो पटक श्रीमान् निश्चल बस्नेतसँग फिल्म ‘घामड शेरे’ मा देखिएकी थिइन् ।
Most Visited News (monthly)