Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलियाकी आमाको प्रश्न- ‘तपाईंको सन्तान इन्डस्ट्रीमा आउन चाहे के रोक्नुहुन्छ ?’

एजेन्सी, मुम्बई, 2020/06/24
 
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको विषय चर्किएको छ । यो विषयमा बलिउड अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छन् । उनले ट्विटरमा प्रश्न गर्दै लेखेकी छन्, ‘जो नेपोटिज्मको विषयमा हल्ला गर्दैछन्, के उनीहरुको सन्तान इन्डस्ट्रीमा काम गर्न चाहेको खण्डमा सपोर्ट गर्छन् ?’ 
 
हालै निर्देशक हंसल मेहताले ट्वीट गर्दै नेपोटिज्मको बहस अझ व्यापक हुनु पर्ने बताएका थिए । यसको जवाफ दिँँदै राजदानले लेखेकी छन्, ‘तपाईं कसको छोरा र छोरी हो, मानिसमा ऊबाट बढी अपेक्षा रहन्छ । जो मानिस आज नेपोटिज्मको हल्ला गर्दैछन्, उनीहरुको पनि एकदिन बच्चा हुनेछ । जब आफ्नो सन्तान बलिउडमा आउन चाहन्छ तब के तपाईं उसलाई रोक्नुहुन्छ ?’
 
नेपोटिज्मको विषयमा ट्वीट गर्दै हंसल मेहताले लेखेका थिए, ‘यो नेपोटिज्मको बहस अझ बढाउनु पर्छ । योग्यताले निकै महत्व राख्छ । मेरो छोरालाई मेरो कारणले यो ढोकामा पाइला राख्ने मौका मिल्यो । तर, त्यो मेरो सानदार कामको हिस्सा हो किनकि ऊ प्रतिभावान, अनुशासित र कडा मेहेनत गर्ने व्यक्ति हो र म जस्तै भ्याल्यूज शेयर गर्छ । यो मेरो छोरा भएका कारणले होइन ।’ 
 
निर्देशक मेहता अगाडि लेख्छन्, ‘म निर्माता भएका कारण त्यो फिल्म बनाउँदिनँ । फिल्म बनाउन डिजर्भ गर्छु भने मात्र बनाउँछु । उसको करिअर तब हुन्छ, जब ऊ डिजर्भ हुन्छ । मेरो छाँया उसको लागि सबैभन्दा ठूलो आर्शिवाद हो र त्यो विमारी पनि हो ।’ अभिनेता सुशान्तको निधनपछि चर्किएको नेपोटिज्मको विषयमा बलिउड फिल्मकर्मीहरुले आफ्नो भनाई राखिरहेका छन् । 
Most Visited News (monthly)