Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, मुम्बई, 2020/07/12
 
बलिउड अभिनेता अमिताभ बच्चनमा कोरोना संक्रमण देखिएको छ । अहिले उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षिय उनले यो कुराको जानकारी आफैंले ट्विटरमार्फत् दिएका हुन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘मलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल भर्ना भएको छु । अस्पताल प्रशासनले सम्बन्धित निकायलाई खबर गरिसकेको छ ।’ 
 
उनले आफ्नो परिवार र स्टाफको पनि कोरोना परिक्षण भइरहेको जानकारी दिएका छन् । गएको १० दिनयता आफूसँग नजिक रहेका सबैलाई उनले परिक्षण गराउन पनि आग्रह गरेका छन् । अस्पताल स्रोतका अनुसार, अहिले अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था ठीक छ । भारत सरकारले लकडाउन घोषणा गरेपछि घरमै रहेका उनको पाइपलाइनमा कयौं प्रोजेक्ट छन् । 
 
अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि बलिउड र राजनीतिक क्षेत्रमा चिन्ताको माहोल बनेको छ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । भने, अभिनेत्री रवीना टण्डनले ट्विट गर्दै लेखेकी छन्, ‘तपाईं चाँडै ठीक हुनुहोस् भनेर म प्रार्थना र कामना गर्दछु ।’ अमिताभको पछिल्लो रिलिज फिल्म ‘गुलाबो सिताबो’ हो ।
 
अभिषेक बच्चनलाई पनि कोरोना 
 
अमिताभ बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चनमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । अमिताभलाई कोरोना पुष्टि भएपछि सबै सदस्यको परिक्षण गरिएको थियो । अभिषेकले ट्विटरमार्फत् आफू र पितालाई कोरोनाको संक्रमण देखिएको बताएका छन् । उनले आफू र आफ्नो परिवारसँग नजिक रहेका व्यक्तिलाई परिक्षण गराउन आग्रह गर्दै नआत्तिन अपिल गरेका छन् ।
Most Visited News (monthly)