Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गायक हिमाल सागर हिरो बन्दै

फिल्मीखबर, काठमाण्डौ, 2020/07/10
 
अपवाद बाहेक मनोरञ्जन क्षेत्रमा आबद्ध प्रायःको ठूलो पर्दामा अभिनय गर्ने चाहना हुन्छ । त्यसैले त सांगीतिक दुनियाँमा चम्किएका अनुहारहरुको फिल्ममा प्रवेश बढ्दो छ । यश कुमार, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राईलगायत गायकसँगै फिल्मको हिरो पनि भइसकेका छन् । तर, कसैलाई फिल्म अभिनय फापेन । गायक नायकको रुपमा सफल भएका कमै उदाहरण छन् ।
 
गायन पेशाबाट ठूलो पर्दाको हिरो हुने भीडमा प्रकाश सपुत, नितेशजंग कुँवर र प्रेम परियार पनि थपिँदैछन् । फिल्ममा असफल गायकहरुको लाममा उनीहरु अपवाद बन्न सक्लान् त ? यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ । यसबीच, फेरि एक गायक नेपाली फिल्मको हिरो हुने भएका छन् । उनी हुन्, हिमाल सागर । उनी स्वयंले आफू फिल्मको हिरो हुन लागेको जानकारी दिएका हुन् । 
 
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले दर्शक/स्रोताको चाहनालाई मध्यनजर गर्दै फिल्ममा अभिनय गर्न लागेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘धेरै दर्शक/श्रोताहरुको चाहनालाई मध्यनजर गरेर कोरोनाको कहर कम भएपछि आधा सुटिङ विदेश र आधा नेपालमै सुटिङ गर्ने गरी फिल्म खेल्ने पक्का ।’ उनले फिल्मको अन्य जानकारी भने दिएका छैनन् ।
 

रोचक कुरा के छ भने उनले ४ वर्ष अगाडि एक अन्तर्वार्तामा ‘हिरो बन्ने रहर छैन ?’ भन्ने प्रश्नमा धेरै गायकहरु हिरो बन्न खोज्दा यता न उताको भएको देखेका कारण आफूलाई हिरो हुने रहर नभएको बताएका थिए । अब, उनी आफैं गायकबाट हिरो बन्न लागेका छन् । नायकको रुपमा असफल अन्य गायकहरु झैँ हिमाल सागरको करिअर पनि यता न उताको चाहिँ नहोस्, शुभकामना । 
Most Visited News (monthly)