Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुरुको आज्ञा मानेर निर्देशनमा होमिएका तुलसी घिमिरे

फिल्मीखबर, काठमाडौं, 2020/07/15
नेपाली फिल्मका ब्रान्ड निर्देशक हुन्, तुलसी घिमिरे । सन् १९८१ मा बनेको फिल्म ‘बाँसरी’ बाट निर्देशनमा होमिएका उनले कयैन् उम्दा फिल्म दिएका छन् । उनै, निर्देशक घिमिरे बुधवारबाट ६९ वर्षमा लागेका छन् । २००८ असार ३१ गते दार्जिलिङको कालिम्पोङमा उनको जन्म भएको थियो । नेपाली फिल्मले व्यवसायिक फड्को मार्नुमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ ।
 
सानोमा राजा र प्रजाले मान्ने र चिन्ने मान्छे बन्नु भनेर आमा बुबाले दिएको आर्शिवाद निर्देशक घिमिरेको मनमा गडेर बसेको थियो । त्यही बेला उनले बलिउड अभिनेता राज कपुरलाई रसियामा पनि निकै सम्मान गरिन्छ भन्ने कुरा सुने । त्यसपछि उनी राजा र प्रजाले मान्ने मान्छे बन्न बम्बई हानिए, फिल्ममा काम गर्न । त्यहाँ उनले लामो समय फिल्म सम्पादकको रुपमा काम गरे । 
 
 
त्यही क्रममा उनको भेट नेपाली फिल्मका निर्देशक प्रकाश थापासँग भयो । उनीहरुबीच नेपाली भाषामा कुराकानी भएको सुनेर एकदिन तुलसी घिमिरेका गुरुले उनलाई सोधे- ‘नेपालीमा कतिवटा फिल्म बनेको छ ?’ जवाफमा उनले भने- ‘त्यस्तै सात आठवटा ।’ उनीसँग गुरुले गुरु-दक्षिणा मागे- ‘तिमीले १० वटा नेपाली फिल्म बनाउनु ।’ यो भनेको केही हप्तामा उनको गुरुको निधन भयो ।
 
गुरुको आज्ञा शिरोधर गरेर उनले नेपाली फिल्म बनाउने सोच बनाए । तर, सम्पादकको रुपमा काम गरिरहेका घिमिरेसँग न पैसा थियो न निर्देशनको अनुभव नै । त्यसपछि उनले पैसा जुटाउन थाले । उनका बंगाली साथी मोहन बेनर्जीले ‘बाँसरी’ मा लगानी गरे । यसपछि उनीहरुले ‘कुशुमे रुमाल’ बनाए । निर्देशक घिमिरेले दशौं फिल्मको नाम गुरुप्रति समर्पित गरेर ‘दक्षिणा’ राखेका थिए । 
 
दशवटा फिल्म बनाएपछि उनी नेपाल छाडेर भारत फर्किने तयारीमा थिए । तर, नीर शाह, प्रकाश थापालगायतका साथीहरुको आग्रहमा उनले नेपाली भूमि छाडेनन् । नेपाली फिल्ममै आफूलाई समर्पित गरे । उनले निर्देशन गरेको पछिल्लो रिलिज फिल्म ‘दर्पण छाँया २’ हो । यसपछि उनले फिल्म निर्देशन गरेका छैनन् । निर्देशक तुलसी घिमिरे एक कुशल कलाकार पनि हुन् । 
 
छायाँकार, सम्पादक र पटकथाकार समेत रहेका उनले भुवन केसी, निरुता सिंह, तृप्ति नाडकर, दीलिप रायमाझी, उत्तम प्रधानलगायत धेरै कलाकारलाई नेपाली फिल्ममा भित्राएका छन् । ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘देउता’, ‘दर्पण छाँया’, ‘लहना’ लगायतका फिल्मको निर्देशन गरेका घिमिरेले भारतमा जन्मिएका कारण नेपाली नागरिकता भने प्राप्त गर्न सकेका छैनन् । 
Most Visited News (monthly)