Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीको नयाँ अध्याय

फिल्मीखबर, काठमाडौं, 2020/08/16
 
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएपछि अहिले यो विषय अदालतसम्म पुगेको छ । गएको महिना उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो पोस्ट्याउँदै अभिनेता केसीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूलाई राम्रो व्यवहार नगरेको र जापानमा भएको अवार्डमा गालामा मुख जोड्याउन खोजेको आरोप लगाएकी थिइन् ।
 
साम्राज्ञीले आफूमाथि झुटा आरोप लगाएर मान प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै ‘ड्रिम्स’ का निर्देशक समेत रहेका केसीले काठमाडौं जिल्ला अदालतमा १० करोडको क्षतिपूर्तिको माग गर्दै मुद्धा दर्ता गरेका छन् । साम्राज्ञीले भने आफूविरुद्ध अदालतमा मुद्धा दर्ता गरे पनि नडराउने अभिव्यक्ति दिँदै आएकी छन् । फिल्मकर्मीबाट आफूलाई साथ नमिले पनि एक्लै लड्ने उनको अडान छ ।
 
यसबीच, उनले आइतवार इन्स्टाग्राममा एक पोस्ट गर्दै ‘नयाँ दिन, नयाँ अध्याय’ भनेर उल्लेख गरेकी छन् । उनको यो भनाईबाट आजको दिन उनले नयाँ अध्याय सुरु गर्न लागेको बुझ्न सकिन्छ । तर, त्यो अध्याय के हो उनले खुलाएकी छैनन् । अदालतमा पुगेको मुद्धामा कुनै ट्विस्ट त आउँदै छैन ? वा, उनले आफ्नो जीवनमा कुनै निर्णय लिँदैछन् ? धेरैलाई चासोको विषय बनेको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

New day , new chapter ✨🙏

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

 
वर्कफ्रन्टको कुरा गर्ने हो भने उनले हालै एक फिल्म साइन गरेकी छन्, जसमा उनको अपोजिटमा मनिष राउत देखिँदैछन् । फिल्ममा आना शर्माको पनि अभिनय रहनेछ । योभन्दा अगाडि उनले हेमराज विसीको फिल्म गर्नेछन् । यसमा उनले प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । उनलाई आफ्नो स्टारडमले दर्शक हलसम्म तान्न सक्ने ल्याकत भएकी अभिनेत्री भन्ने गरिन्छ । 
Most Visited News (monthly)