Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8329 - 8334 of 23766
फिल्मीखबर, काठमाण्डौ, 2020-02-24, सोमवार

फिल्मी राजनीति गर्न माहिर खेलाडी मानिन्छन् दीपकराज गिरी । उनले गर्ने राजनीतिको गन्ध आफ्नो समुहले निर्माण गरेको फिल्म प्रदर्शनको संघारमा रहँदा विशेष देखिने गर्दछ । उनको समुहले निर्माण गर्ने फिल्म दशैंमा प्रदर्शन हुने गरेका छन् । दशैंमा प्रदर्शनमा आउने अरु फिल्मका मेकरलाई ललाइफकाइ गरि पछाडि सारेर आफ्नो फिल्म ल्याउन उनी ज्यादै सिपालु छन् ।

एजेन्सी, मुम्बई, 2020-02-23, आईतवार

आयुष्मान खुराना दर्शकका फेभरेट अभिनेता हुन् । यो कुरा उनको हरेक फिल्मले सावित गर्दै आएको छ । अलग-अलग फ्लेवरको फिल्म लिएर आइरहेका उनले भारतका जनतालाई ती चिजको बारेमा कुरा गर्न सजिलो बनाएका छन्, जसको नाम लिन पनि संकोच मानिन्छ । अब, आयुष्मानले फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ बाट एक ‘गे’ को लभस्टोरी लिएका आएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-23, आईतवार

महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएका यस वर्षका दुई आशातित फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ ले लामो समयदेखि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ । शुक्रवार र शनिवार सार्वजनिक विदा परेका कारण यी दुई फिल्मले प्रदर्शनको दुई दिनमा आकर्षक कमाई गरेका छन् । यद्यपि, कमाईको मामलामा ‘आमा’ भन्दा धेरै अगाडि ‘सेन्टी भाइरस’ छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-23, आईतवार

चार वर्षअघि (२०७२) को सुपरहिट फिल्म ‘परदेशी’ को दोस्रो श्रृंखला अर्को वर्षको दशैंमा प्रदर्शन हुँदैछ । महाशिवरात्रीको अवसर पारेर शुक्रवारबाट छायांकन सुरु भएको फिल्मको नेपाल र विदेशका विभिन्न ठाउँमा करीब दुई महिनासम्म छायांकन हुने निर्देशक नारायण रायमाझीले बताएका छन् । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षमा फिल्म आधारित हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-23, आईतवार

यही फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘धुलो’ को ‘चार सय चालिसको बिजुली’ बोलको आइटम गीत सार्वजनिक भएको छ । काठमाडौंको सडक-गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषय उठान गरेको फिल्मको गीतमा केशव मिश्रको शब्द छ भने दुर्गा खरेल र अनुप थापाको गायन छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-23, आईतवार

नेपाली फिल्मका लभ बर्डस् प्रियंका कार्की र आयुष्मान देशराज जोशी फागुन १५ गते (बिहीवार) बैबाहिक जीवनमा बाँधिँदैछन् । गएको वर्ष दुईपटक इन्गेजमेन्ट गरेका उनीहरुले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । यो जोडी यस वर्षको असारमा नै विहे गर्ने तयारीमा थियो । तर, दुवै पक्षका परिवारको समय नमिलेका कारण विवाह पछाडि सर्‍यो ।

Results : 8329 - 8334 of 23766
Most Visited News (monthly)