
अभिनेत्री प्रियंका कार्कीको करिअरले आगामी मंसिरमा १५ वर्ष पूरा गर्दैछ । सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘थ्री लभर्स’बाट अभिनय करिअर सुरु गरेकी उनले यो बीचमा ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । अभिनयमा आफूलाई अब्बल सावित गरेकी उनी अब निर्माताको रूपमा अगाडि बढेकी छन् । उनी निर्मित पहिलो फिल्म ‘मास्टर्नी’ यही शुक्रबार प्रदर्शन हुँदैछ ।

अभिनेता आकाश श्रेष्ठ फिल्मभन्दा ज्यादा प्रेम सम्बन्धका कारण चर्चामा रहन्छन् । जसले उनको कामलाई पनि ओझेलमा पार्ने गरेको छ । विगत एक दशकमा उनको केही अभिनेत्रीसँग नाम जोडिसकेको छ । एक अभिनेत्रीसँग उनी बिहेको योजनामा समेत थिए । तर, त्यो सम्बन्ध लामो समय टिक्न सकेन । विगत पाँच वर्षयता भने उनी अभिनेत्री तथा मोडल करुणा श्रेष्ठको प्रेममा छन् ।

गत साउनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य भूमिकामा लिएर फिल्म ‘एक्का मिस्सी बादशाह’को घोषणा भयो । घोषणाअघि निर्माण पक्षले अभिनेताको पनि टुंगो लगाउने प्रयास गरेको थियो । निकट स्रोतका अनुसार सबैभन्दा पहिला अनमोल केसीलाई फिल्म अफर गरिएको थियो । तर, उनले रुचि नदेखाएपछि साम्राज्ञीलाई मात्र अनुबन्धित गर्दै फिल्मको घोषणा गरियो ।

संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट ३६ सेकेण्ड लामो टिजरले फिल्मको मूल कथालाई प्रस्ट पारेको छ । अभिनेता जितु नेपाल (मुन्द्रे)लाई केन्द्रमा राखिएको टिजरमा भरिया पात्रको संघर्ष र उसलाई समाजले गर्ने व्यवहारलाई देखाइएको छ ।

१ साउनबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २३ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणमा फिल्मको कमाइ २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस देखिएको छ । फिल्मको यो कमाइ ३१ साउनसम्मको हो । उक्त अवधिसम्म फिल्मका ८ लाख ५५ हजार ७५२ वटा टिकट बिक्री भएका छन् ।

‘अगस्त्य’का निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा कलाकारहरू भित्रिने क्रम जारी छ । सौगात मल्ल र दयाहाङ राई अनुबन्धित भइसकेको फिल्ममा अब अर्का अभिनेता नाजिर हुसेनको पनि प्रवेश भएको छ । निर्माताले दुई साताअघि नै उनीसँग लिखित सम्झौता गरेका हुन् । फिल्ममा उनको भूमिकाबारे भने खुलाइएको छैन ।

