
अभिनेता जितु नेपाल (मुन्द्रे) दीपक−दीपा समूहमा रहँदा असफलता भन्ने नै देखेनन् । उनले सहकार्य गरेका ‘छ एकान छ’देखि ‘छ माया छपक्कै’सम्म सबै व्यावसायिक रूपमा सफल भए । त्यसबाट उनको आम्दानी पनि राम्रो भयो । तर, महानायक विवादपछि उनी दीपक−दीपा समूहबाट अलगिए । यसपछि उनको करिअर पनि ओरालो लाग्न थालेको छ ।

दसैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ । प्रेमिल भावको यस गीतमा धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन् । गीतमा युवायुवतीबीचको प्रेम र समर्पणको भाव प्रस्तुत छ ।

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहलाई पुत्रलाभ भएको छ । अनुले मंगलबार मध्यान्ह काठमाडौंको एक अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको सविनले जानकारी दिए । उनले छोराको हात समाएको एक तस्बिर फेसबुकमा पोस्ट गर्दै आफूले संसारकै सबैभन्दा अमूल्य उपहार पाएको उल्लेख गरेका छन् ।

अभिनेता विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जिरो डिग्री’ माघ १५ गतेबाट प्रदर्शन हुने भएको छ । मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । यसअघि फिल्म तिहारमा प्रदर्शन हुने भनिएको थियो । तर, तिहारमा स्वदेशी र विदेशी फिल्मको ठूलो भीडभाड हुने भएपछि निर्माताले फिल्मलाई तीन महिना पछाडि सारेका हुन् ।

विश्वभर फिल्म शुक्रबार रिलिज गर्ने अभ्यास छ । नेपालमा पनि चाडपर्व वा सार्वजनिक विदाबाहेक शुक्रबार नै फिल्म रिलिज हुन्छन् । चलचित्र विकास बोर्डदेखि निर्माता संघसम्मले यो विषयमा निर्णय समेत गरेका छन् । तर, फिल्म ‘छत्तीसको आँकडा’ले भने शुक्रबार रिलिजको परम्परा तोड्ने भएको छ । यो फिल्मलाई बिहीबारको दिन प्रदर्शन गरिने भएको छ ।

पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको मुख्य भूमिका रहेको फिल्म ‘अक्षरा’ गत भदौ २६ गते प्रदर्शनको तयारीमा थियो । फिल्मको बुकिङ समेत खुला भइसकेको अवस्थामा रसुवा बाढीको कारण देखाउँदै मंसिर २४ गतेलाई नयाँ प्रदर्शन मिति तय गरियो । तर, अब फिल्म दसैंको छेको पारेर असोज २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

